एजेन्सी । बच्चाहरूको दिमाग पूर्ण विकास हुनु धेरै महत्त्वपूर्ण हुन्छ । पूर्ण विकास भएमा उनीहरूले छिटो बुझ्न र सिक्न सक्छन् । तर मानसिकरूपमा स्वस्थ रहनु सबैका लागि महत्त्वपूर्ण छ । यदि तपाईं मानसिक रूपमा फिट हुनुहुन्न भने कुनै पनि काम राम्रोसँग गर्न गाह्रो हुन्छ ।
सानै उमेरमा स्वस्थ मस्तिष्कको विकास धेरै महत्त्वपूर्ण छ । बच्चाले कुनै कुरा चाँडै बुझ्न वा सम्झन सक्दैन जस्तो लाग्छ भने उनीहरूको खानामा ध्यान दिनुपर्छ । बच्चालाई मानसिकरूपमा स्वस्थ र स्मार्ट बनोस् भन्ने चाहनुहुन्छ यी खानेकुरा खुवाउनुहोस् ःअण्डा
अण्डा प्रोटिनको मुख्य स्रोत हो । अण्डा खाँदा बालबालिकाको दिमाग राम्रोसँग विकास हुन्छ । अण्डाको पहेँलो भागमा कोलिन पाइन्छ जुन मस्तिष्क र स्मरण शक्तिको विकासका लागि महत्त्वपूर्ण पोषक तत्त्व हो । यसले आँखालाई पनि स्वस्थ राख्छ ।
अण्डामा प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन, मिनरल्स आदि प्रचुर मात्रामा पाइन्छ । यसले बच्चालाई मानसिकरूपमा धेरै तेज, तीक्ष्ण बनाउँछ । त्यसैले दिनको एउटा अण्डा खुवाउनुहोस् ।
माछा
माछा साल्मन, ओमेगा–३ फ्याटी एसिडको राम्रो स्रोत हो । जुन मस्तिष्कको विकास र कार्यका लागि आवश्यक हुन्छ । यी फ्याटी एसिडहरू पर्याप्त मात्रामा प्राप्त गर्नाले मानसिक सुधार हुन्छ । माछालाई खानामा तथा नास्ताको रूपमा दिन सकिन्छ ।
पिनट बटर
बच्चाहरूलाई पिनट बटर धेरै मनपर्छ । यो एक स्वस्थ खाजा हो जसमा भिटामिन ‘ई’ प्रशस्त हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पनि हुन्छ जसले स्नायु झिल्लीलाई जोगाउँछ । यसमा मस्तिष्कका लागि राम्रो हुने थायमिन र ऊर्जा दिने ग्लुकोज पनि हुन्छ । पाउरोटी र केरासँग पिनट बटर दिन सकिन्छ । दूध र दही
भिटामिन ‘बी’ मस्तिष्कको तन्तु, न्युरोट्रान्समिटर र इन्जाइमहरूको वृद्धिको लागि आवश्यक हुन्छ । दुग्धजन्य पदार्थ पोषक तत्त्वहरूको लागि राम्रो स्रोत हो ।
यिनीहरू भिटामिन ‘डी’ को पनि उत्कृष्ट स्रोत हो । कम–फ्याट चीज स्टिकहरू एक उत्कृष्ट खाजा हो जुन क्याल्सियमको स्रोत हो ।
दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
- १ दिन अगाडि