"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

छैठौँ निर्वाचन दिवसका अवसरमा धनगढीमा अन्तरक्रिया कार्यक्रम

No data was found

Khabar Raftar

फागुन ०६ धनगढी । छैठौँ निर्वाचन दिवसका अवसरमा धनगढीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिवसको पूर्व सन्ध्यामा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा शुक्रवार धनगढीमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
आगामी निर्वाचनमा कुनै पनि मत बदर हुन नदिन मतदाता शिक्षा प्रभावकारी ढङ्गले सञ्चालन गर्र्न निर्वाचन आयोगले यस वर्ष ‘निर्वाचनमा सबै, सधैँ र सँगै’ प्रमुख नारा तय गरेको छ । निर्वाचन आचारसंहितामा कडाइ गर्नु पर्ने, खर्चमा मितव्ययिता अपनाउनु पर्ने र मत बदर हुन नदिन मतपत्रमा सुधार गर्नु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए । ‘निर्वाचनमा सबै, सधैँ र सँगै’ भन्ने नाराका साथ आज छैठौँ निर्वाचन दिवस देशभरी नै मनाइँने भएको छ ।

२०१५ सालमा भएको आम निर्वाचन सुरु भएको दिनको स्मरणमा २०७३ सालबाट प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएकोमा यस वर्ष आज शनिवार छैठौँ निर्वाचन दिवस मनाउन लागिएको प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी गराउनु भयो । बिहीवार पनि कार्यालयले वृक्षारोपण, सरसफाइ र व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको प्रदेश निर्वाचन अधिकृत भट्टले जानकारी गराए । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मतदान केन्द्रका अधिकृतबाट कुनै लापरबाही हुन नदिन आयोगले दिने तालिममा विशेष ध्यान दिनु पर्ने बताउदै मतपत्र गन्ती गर्दा ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रका सहभागीहरुले मतदानका लागि मतदातालाई सहज बाताबरण बनाउनु पर्ने लगायतका धारणाहरु राखेका थिए । उनले निर्वाचन निष्पक्ष, धाँधली एवं भयरहित बनाउन सबै राजनीतिक दलको साथ र सहयोग आवश्यक भएको जानकारी गराउनु भयो । त्यसैगरी २०७९ वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सञ्चालन सम्बन्धी व्यवस्थापन, तयारीबारे पनि कार्यक्रम्मा जानकारी गराइएको उनले जानकारी गराए ।

स्थानीय तहको निर्वाचनका लागी विद्यालयमा मतदाता शिक्षा, राजनीतिक दल, सङ्घ संस्था तथा थप विद्यालयहरूमा निर्वाचन शिक्षा तथा सूचना केन्द्रको अवलोकन गरिने जानकारी गराउदै उनले मतदान केन्द्रको अनुगमन निरन्तर गरिने बताउनु भयो । २०७४ सालको मतगणना अनुसार २ लाख २३ हजार ५ सय ९ जना पुरुष, २ लाख ३७ हजार ६१ महिला र ८ जना तेस्रो लिङ्गी,गरी ४ लाख ६० हजार ५ सय ७८ जना मतदलाता रहेको उनले जानकारी गराउनु भयो ।

त्यस्तैगरी २०७७ पौष ५ गते सम्म २ लाख ४२ हजार ६ सय १२ पुरुष, २ लाख ५५ हजार ४ सय ७७ महिला र तेस्रो लिङ्गी १० जना गरी जम्मा ४ लाख ९८ हजार ९९ जना मतदाता रहेको उनले जानकारी गराए । हाल २०७८ माघ २४ गते सम्मको अनुमानित मतदमता सङ्ख्या ५ लाख ३५ हजार रहेको उनले जानकारी गराए । सोही अवसरमा निर्वाचन कार्यालय कैलालीले उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको छ । २०७६÷ ७७ को कार्यसम्पादनको मुल्याङकनको आधारमा कार्यालय सहयोगी भगीरथ रानालाई नगद तीन हजार सहित सम्मान गरिएको हो । हाल कैलालीमा २ सय ३७ मतदान स्थल रहेको निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित