"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

छैठौँ निर्वाचन दिवसका अवसरमा धनगढीमा अन्तरक्रिया कार्यक्रम

Khabar Raftar

फागुन ०६ धनगढी । छैठौँ निर्वाचन दिवसका अवसरमा धनगढीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिवसको पूर्व सन्ध्यामा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा शुक्रवार धनगढीमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
आगामी निर्वाचनमा कुनै पनि मत बदर हुन नदिन मतदाता शिक्षा प्रभावकारी ढङ्गले सञ्चालन गर्र्न निर्वाचन आयोगले यस वर्ष ‘निर्वाचनमा सबै, सधैँ र सँगै’ प्रमुख नारा तय गरेको छ । निर्वाचन आचारसंहितामा कडाइ गर्नु पर्ने, खर्चमा मितव्ययिता अपनाउनु पर्ने र मत बदर हुन नदिन मतपत्रमा सुधार गर्नु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए । ‘निर्वाचनमा सबै, सधैँ र सँगै’ भन्ने नाराका साथ आज छैठौँ निर्वाचन दिवस देशभरी नै मनाइँने भएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

२०१५ सालमा भएको आम निर्वाचन सुरु भएको दिनको स्मरणमा २०७३ सालबाट प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएकोमा यस वर्ष आज शनिवार छैठौँ निर्वाचन दिवस मनाउन लागिएको प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी गराउनु भयो । बिहीवार पनि कार्यालयले वृक्षारोपण, सरसफाइ र व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको प्रदेश निर्वाचन अधिकृत भट्टले जानकारी गराए । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मतदान केन्द्रका अधिकृतबाट कुनै लापरबाही हुन नदिन आयोगले दिने तालिममा विशेष ध्यान दिनु पर्ने बताउदै मतपत्र गन्ती गर्दा ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रका सहभागीहरुले मतदानका लागि मतदातालाई सहज बाताबरण बनाउनु पर्ने लगायतका धारणाहरु राखेका थिए । उनले निर्वाचन निष्पक्ष, धाँधली एवं भयरहित बनाउन सबै राजनीतिक दलको साथ र सहयोग आवश्यक भएको जानकारी गराउनु भयो । त्यसैगरी २०७९ वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सञ्चालन सम्बन्धी व्यवस्थापन, तयारीबारे पनि कार्यक्रम्मा जानकारी गराइएको उनले जानकारी गराए ।

स्थानीय तहको निर्वाचनका लागी विद्यालयमा मतदाता शिक्षा, राजनीतिक दल, सङ्घ संस्था तथा थप विद्यालयहरूमा निर्वाचन शिक्षा तथा सूचना केन्द्रको अवलोकन गरिने जानकारी गराउदै उनले मतदान केन्द्रको अनुगमन निरन्तर गरिने बताउनु भयो । २०७४ सालको मतगणना अनुसार २ लाख २३ हजार ५ सय ९ जना पुरुष, २ लाख ३७ हजार ६१ महिला र ८ जना तेस्रो लिङ्गी,गरी ४ लाख ६० हजार ५ सय ७८ जना मतदलाता रहेको उनले जानकारी गराउनु भयो ।

त्यस्तैगरी २०७७ पौष ५ गते सम्म २ लाख ४२ हजार ६ सय १२ पुरुष, २ लाख ५५ हजार ४ सय ७७ महिला र तेस्रो लिङ्गी १० जना गरी जम्मा ४ लाख ९८ हजार ९९ जना मतदाता रहेको उनले जानकारी गराए । हाल २०७८ माघ २४ गते सम्मको अनुमानित मतदमता सङ्ख्या ५ लाख ३५ हजार रहेको उनले जानकारी गराए । सोही अवसरमा निर्वाचन कार्यालय कैलालीले उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको छ । २०७६÷ ७७ को कार्यसम्पादनको मुल्याङकनको आधारमा कार्यालय सहयोगी भगीरथ रानालाई नगद तीन हजार सहित सम्मान गरिएको हो । हाल कैलालीमा २ सय ३७ मतदान स्थल रहेको निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा