"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रुख कटानको सहमति नपाउँदा महाकाली करिडोरको कामले गति लिन सकेन

No data was found

Khabar Raftar

फागुन ०६ कञ्चनपुर । रुख कटानको सहमति नपाउँदा महाकाली करिडोरको कामले गति लिन सकेको छैन ।
कञ्चनपुरको ब्रह्मदेव देखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिना अघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनले रुख कटानको आदेश नदिदा कामले गति लिन नसकेको हो ।
ब्रह्मदेवमा १४ किलोमिटर सम्म ट्रयाक खोल्न पाँच करोड रुपैयाँमा ठेक्का भए पनि वनले गर्दा समस्या भएको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ ।
महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका सवइन्जिनियर दौलत धामीले वनको सहमति बिना रुख कटान गर्न नसकिने भएको जानकारी गराउदै काम गर्न समस्या भएको बताए । महाकाली करिडोरको ट्रयाक खोल्ने जिम्मेवारी पाएको दिवा–शनिदेव जेभीका आधिकारिक प्रतिनिधि शनिदेव भट्टले लामो समय भइसक्दा पनि वनबाट रुख कटानको सहमति नपाउदा समस्या भइरहेको जानकारी गराउनु भयो ।
उनले साना र ठूला गरेर करिब चार हजार रुख काट्नु पर्ने जानकारी गराउदै रुख कटानको आदेश नपाउदा समस्या भएको बताउनु भयो । करिडोर अन्तर्गत १४ किलोमिटर ट्रयाक खुले डडेल्धुराको जोगबुढा क्षेत्र सहजै पुगिने बताउदै डडेल्धुरा क्षेत्रमा पनि करिडोरको ट्रयाक खुलाउने काम भइरहेको योजनाका सव इन्जिनियर धामीले जानकारी गराउनु भयो ।
उनले ४ सय २५ किलोमिटर लम्बाइ भएको करिडोर अन्तर्गत विभिन्न प्याकेजमा निर्माण कार्य भइरहेको जानकारी गराउदै लामो समयसम्म वातावरणीय प्रभाव मूल्याङ्कन हुन नसक्दा काममा ढिलाइ भएको जानकारी गराउनु भयो । उनले नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारिएको बताउनु भयो ।
डडेल्धुरामा ३८ किलोमिटर सम्म ट्रयाक खुलिसकेको सवइन्जिनियर धामीले जानकारी गराउदै डडेल्धुरामा ५५ किलोमिटर ट्रयाक खोल्नु पर्नेमा ३८ किलोमिटर सम्म खुलिसकेको जानकारी गराउनु भयो ।
उनले बाँकी ट्रयाक खोल्ने ठेक्का प्रक्रियाको चरणमा रहेको जानकारी गराउनु भयो । सवइन्जिनियर धामीले बैतडीमा १५ देखि २० किलोमिटर महाकाली मार्गमा पर्ने बताउदै त्यहाँ करिब ५५ किलोमिटर ट्रयाक खुलिसकेको जानकारी गराए । अझै ६०÷७० किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको उनले बताए ।

चारवटै जिल्लामा ट्रयाक खोल्न अहिले ५० करोड रुपैयाँ बराबरको काम भईरहेको उनले जानकारी दिए । बैतडीको पञ्चेश्वर क्षेत्रमा ५७ किलोमिटर ट्रयाक खोल्ने काम चलिरहेको बताउदै उनले त्यसका लागि १४ करोड रुपैयाँमा ठेक्का भएको जानकारी गराउनु भयो ।
उनले २७ किलोमिटर ट्रयाक खोल्न सम्झौता भइरहेको जानकारी गराउदै दार्चुला तिङ्कर सडक खण्डको कुल १ सय ३४ किलोमिटर मध्ये ८७ किलोमिटर व्यास गाउँपालिका वडा नम्बर २ कोठेधार देखि तिङ्कर सम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको जानकारी गराउनु भयो ।
सेनाले गरिरहेको कामको केही दिन अघि प्रधानसेना पति प्रभुराम शर्माले निरीक्षण गरेका थिए । दार्चुलाको लेकम क्षेत्रमा ट्रयाक खोल्न १० करोड रुपैयाँमा सम्झौता भएर काम भइरहेको सवइन्जिनियर धामीले जानकारी गराउनु भयो । उनले लेकम क्षेत्रमा ३४ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको बताउदै व्यास गाउँपालिकामा पर्ने छ किलोमिटर सडकमा अन्य संरचना निर्माणको काम भइरहेको जानकारी गराउनु भयो ।

उनले करिडोर अन्तर्गत ट्रयाक खोल्ने काम भइरहेको बताउदै सडक कालोपत्र भने कहीँ पनि नभएको जानकारी गराउनु भयो । पहिलोपटक आयोजना अन्तर्गत दार्चुलाको खलङ्गा–सुनसेरा १९ किलोमिटर र सलेती देखि बेद सम्म १२ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान हुने जानकारी गराउदै उनले ३१ किलोमिटर सडक कालोपत्र गर्ने तयारी भइरहेको बताउनु भयो ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण