"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्री वितरण सुरु

Khabar Raftar

फागुन ०५, काठमाडौँ । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ। टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो। टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिए।​

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ। कम्पनीको उद्योग काभ्रेको बनेपामा रहेको छ। भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब एसपिएएल सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर कम्पनीले क्यान्सरविरुद्धको औषधि उत्पादन गरेको हो।अहिले बजारमा ट्याब्लेट र क्याप्सुलको औषधि उत्पादन गरिएको छ। खोप इन्जेक्सनमा आधारित औषधि पनि चाँडै नै बनाउने योजना रहेको जानकारी दिए। कम्पनीले अहिले नेपाल भित्रै बिक्रीवितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ।

उनले नेपालमै उत्पादन हुने भएपछि औषधिको अभाव पनि नहुने बताउनुभयो। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विष्णुदत्त पौडेलले क्यान्सर रोगविरुद्धको औषधि नेपालमै उत्पादन हुनु राम्रो भएको भन्दै औषधिको गुणस्तरमा ध्यान दिनुपर्ने बताए। क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले नेपालमा नै क्यान्सर रोगविरुद्धको औषधि उत्पादन हुनु सबैका लागि खुशीको कुरा रहेको र औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजंग पाण्डेले स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने कुरा पछिल्लो पटक क्यान्सरको औषधि उत्पादन हुनुले प्रमाणित भएको बताए।उनले नेपालमा क्यान्सरजस्तै अरु औषधि उत्पादन गरेर मुलुकलाई औषधिमा आत्मनिर्भरता बनाउनुपर्ने बताए। औषधि व्यवस्था विभागका सन्तोष केसीले उत्पादन भएको औषधिको गुणस्तरमा ध्यान दिन आग्रह गरे।

भर्खरै

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

धेरै कमेन्ट गरिएको

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता