फागुन ०३, धनगढी । धनगढीबाट पनि पोखराको लागी बुद्ध एयरले सिधा उडान भर्ने भएको छ ।
No data was found
आगामी मार्च १ देखि धनगढीबाट पोखराको लागी बुद्ध एयरले सिधा उडान भर्ने भएको हो । बुद्ध एयरका अनुसार जनकपुरधाम र धनगढीबाट पनि सुरूमा सातामा ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको छ।
जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहिबार र शनिबार र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडान हुने बताइएको छ।
सिधा उडानबाट अनावश्यक झन्झटमुक्त हुने जनाइएको छ। यी दुई गन्तव्यको लागि बुध्द एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक प्याकेज पनि ल्याउने तयारी थालेको छ।
Post Views: 179

