"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सेती नदीमा निर्माणाधीन पुलको काम आठ वर्षमा जम्मा २० प्रतिशत मात्रै काम

No data was found

Khabar Raftar

माघ २९ डोटी । सेती नदीमा निर्माणाधीन पुलको काम आठ वर्षमा जम्मा २० प्रतिशत मात्रै भएको छ ।
डोटीको शिखर नगरपालिका वडा नम्बर १० बानीडुग्रीसैनमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको पुलको काम ठेकेदारको लापरवाहीका कारण आठ वर्षमा २० प्रतिशत मात्रै भएको हो ।

विसं २०७४ असार २९ गते काम सम्पन्न गर्ने गरी विसं २०७१ मा ठेक्का सम्झौता भएको उक्त पुलको हालसम्म २० प्रतिशतमात्रै काम सम्पन्न भएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपातेले जनाएको छ । विसं २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआइसिंह राजमार्गसँग जोड्ने पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको सडक डिभिजन कुलपातेले जनाएको छ ।
तीनवर्षे पहिलो ठेक्का सम्झौता अवधि सकिएर चार पटक म्याद समेत थप भइसक्दा पनि काम सम्पन्न नभएको भन्दै नागरिक आक्रोशित भएको नेकपा
(एकीकृत समाजवादी) का नेता इन्द्र बलायरले जानकारी गराए ।
उनले पुल बनाउन दिएको समय सकिएको बताउदै पटक–पटक म्याद थप्दा पनि पुलको काम नभएको बताए । सम्बन्धित निकाय पनि वास्ता गर्दैनन्, काम नगर्नेलाई कारबाही पनि हुदैन उनले भने ।
उनले हालको सम्झौता अनुसार ठेक्काको अन्तिम म्याद २०७८ चैत मसान्त सम्म रहेको छ । मूल्य अभिवृद्धि कर सहित २६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुने भनिएको ३ सय २० मिटर लामो उक्त आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको डिभिजन कार्यालयका सूचना अधिकारी तथा इञ्जीनियर योगेन्द्रबहादुर अधिकारीले जानकारी गराउनु भयो ।
उनले ठेकेदारले कोरोना सङ्क्रमणका कारण कामदार नपाएको भन्दै बहना बनाउँदा काम सञ्चालन हुन नसकेको जानकारी गराउदै पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभी कम्पनीले हालसम्म तीन करोड २१ लाख रुपैयाँ भुक्तानी लिइसकेको जानकारी गराउनु भयो ।
पुल निर्माण सुरु भएपछि आफूहरू पनि सडक सञ्जालमा जोडिने आशामा बसेका यहाँका स्थानीयवासी निराश भएका अर्का स्थानीयवासी रामबहादुर धामीले जानकारी गराए ।
उनले पुल निर्माण होला र राजमार्गसँग जोडिउँला भन्ने हाम्रा सपना सबै खरानी भएको जानकारी गराए । उनले पुल बन्ने छाँटकाँट नदेखिएको बताउदै पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभीले फाउण्डेशनमा समस्या भएका कारण काममा ढिलाइ भएको जिकिर गर्दै आएको बताए ।
निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका नगरप्रमुख भएका कारण पनि उनलाई कसैले पनि कारबाही गर्न नसकेको स्थानीयवासीले आरोप लगाएका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान