"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

भारतमा कोरोनाको तेस्रो लहर ओरालो लाग्दै

Khabar Raftar

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको तेस्रो लहर ओरालो लाग्न थालेको छ । तेस्रो लहर ‘पिक’मा पुगेसँगै दैनिक संक्रमितको संख्या पछिल्लो समय निरन्तर घटिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उक्त अवधिमा ८९५ जना संक्रमितको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्यासमेत घटेर ११ लाख ८ हजार ९३८ पुगेको छ ।
भारतमा कोभिड संक्रमितको संख्या घट्न थालेसँगै प्रतिबन्धात्मक नियम खुकुलो पार्न थालिएको छ । आज सोमबारदेखि सरकारी कार्यालय पूर्ण रुपमा खुल्ने भएका छन् । तर कार्यालय आउने सबै कर्मचारीले कोभिडसम्बन्धी प्रोटोकल पालना गर्नुपर्ने मन्त्री जितेन्द्र सिंहले बताएका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

त्यस्तै, आजदेखि राजधानी दिल्ली, उत्तर प्रदेश र बिहानमा शैक्षिक संस्था खुला गरिन थालिएको छ । दिल्लीमा सोमबारबाट ९ देखि १२ कक्षाको पढाइ सुरु हुने छ । तर नर्सरीदेखि ८ कक्षासम्मको पढाइ भने फेब्रुअरी १४ बाट सुचारु हुने छ ।
विद्यालय तथा कलेजमा भौतिक कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम, अनिवार्य मास्क प्रयोग तथा स्यानिटाइजरको प्रयोग जस्ता जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने छ ।
यसबाहेक, दिल्लीमा लगाइएको रात्रिकालीन कर्फ्युको अवधि १ घण्टाले घटाइएको छ । रात्रिकालीन कर्फ्यु राति १० बजेको साटो ११ बजेदेखि बिहान पाँच बजेसम्म कायम रहने छ । साथै, कार्यालयहरू सतप्रतिशत क्षमतामा खुला गर्न सकिने र कारमा एक्लै सवार गर्ने व्यक्तिले मास्क लगाउनु पर्ने छैन ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Pradesh-sabha-sadasya

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

1

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन