"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीमा लागू औषध बिरुद्धको प्रहरी अभियान प्रभावकारी

Khabar Raftar

माघ २० धनगढी
लागू औषध बिरुद्धको प्रहरी अभियान प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले लागू औषध बिरुद्धको प्रहरी अभियान प्रभावकारी बन्दै गएको बताउनु भएको हो ।
उनले आफुले कमाण्ड सम्हाल्ने वित्तिकै लागू औषध विरुद्ध सन्ततीको ‘भविष्य बचाउँ’ भन्ने बिशेष अभियान सञ्चालनमा ल्याएको जानकारी गराए ।
जिल्ला प्रहरी कार्यालय कैलालीको आर्थिक बर्ष २०७८÷७९ को पहिलो ६ महिनाको तथ्याङ्क अनुसार कैलाली जिल्लामा ५ जना महिला र १ सय २ जना पुरुष गरी जम्मा १ सय ७ जना लागू औषध सहित पक्राउ परी मुद्दा चलाएको देखिन्छ ।
सोही अवधिमा गत बर्ष ५७ जना उपर मुद्दा चलाईएको थियो । मुद्दा संख्याको आधारमा गत बर्ष ४३ वटा मुद्दा दर्ता भएका थिए भने यस बर्षको सोही अवधिमा ७२ वटा मुद्दा दर्ता भएका छन् ।
यस बर्ष प्रहरीले १ सय ९९ ग्राम ४ सय ३७ मिलिग्राम खैरो हिरोईन, ५ सय ५८ ट्याब्लेट नाईट्राभेट, ५ सय ५५ क्याप्सुल स्पास्मो, २३ किलो १ सय ४० ग्राम ५ सय ६७ मिलिग्राम चरेश, ८० क्याप्सुल नाईट्राजपाम, प्रोवयल स्पाम २३ क्याप्सल लगायत बरामद गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । पक्राउ पर्ने १ सय ७ जनामा ६१ जना १६ बर्ष देखि २५ बर्ष सम्मका र ३७ जना २६ देखि ३५ बर्षसम्मका रहेका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

लागू औषध बिरुद्धको अभियान र सकृयताका कारण उल्लेख्य रुपमा मानिसहरु पक्राउ गरिएको भएता पनि खुला सीमाना, सीमा पारी लागू औषधको सहज उपलब्धता, बालबालिकाहरु माथि अभिभावकको निगरानीको कमी, गलत संगत र प्रहरी सम्म सूचना सम्प्रेषणको अभावका कारण लागू औषध प्रहरीका लागि मात्र नभई सिंगो समाजका लागि चुनौतीको बिषय रहेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनु भयो ।
लागू औषध कारोबारी तथा प्रयोगकर्ता हाम्रै घर छिमेकमा रहने हुनाले प्रत्येक परिवार, स्थानीय प्रतिनीधि तथा समूदाय यसतर्फ सजग भई प्रहरीलाई सूचना दिई लागू औषधको कारोवार तथा सेवनलाई नियन्त्रण गर्न प्रहरीलाई सहयोग गर्न प्रहरी उपरीक्षक अधिकारीले आग्रह गरेका छन् ।
लागू औषध बिरुद्ध जिल्ला प्रहरी कार्यालयको अभियान निरन्तर जारी रहने र लागू औषधमा संलग्न जो कोही लाई कानुनको दायरामा ल्याई छाड्ने एसपी अधिकारीले बताउनु भयो ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ