"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिममा १६ लाख भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

No data was found

Khabar Raftar

माघ २० धनगढी । सुदूरपश्चिम प्रदेशमा हाल सम्म १६ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । प्रदेशका ९ वटै जिल्लामा हालसम्म १६ लाख ६ हजार ६ सय ७३ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका हुन् । पूर्ण मात्रा भने ११ लाख ४ हजार ९ सय ४६ जनाले खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशको सबै भन्दा बढी कैलालीमा ४ लाख ७२ हजार ९ सय ७४ जनाले पहिलो मात्रा खोप लगाएका छन । भने ३ लाख ५५ हजार ७ सय २० जनाले पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तैगरी प्रदेशको सबै भन्दा कम डडेल्धुराका ६५ हजार ६ सय ७ जनाले पहिलो र ५९ हजार ५ सय ५७ जनाले पूर्ण दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदरपश्मि प्रदेशको कञ्चनपुर जिल्लामा ३ लाख ४२ हजार ६ सय ५१ जनाले पहिलो र २ लाख ४४ हजार २ सय ५१ जनाले पूर्ण मात्रा, खोप लगाए का छन । बैतडीका १ लाख ५२ हजार ६ सय २९ जनाले पहिलो र ९४ हजार १ सय ८३ जनाले पूर्ण मात्राखोप लगाएका छन भने,, अछामका १ लाख ३७ हजार ४ सय ५२ जनाले पहिलो र ९१ हजार २१ जाले पूर्ण मात्रा खोप लगाएका छन । त्यसैगरी बाजुरामा १ लाख २४ हजार ९ सय २५ जनाले पहिलो र ७४ हजार ३ सय ४५ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यसैगरी डोटीका १ लाख २० हजार ५ सय ७२ जनाले पहिलो र ६५ हजार ५ सय ७५ जनाले पूर्ण मात्रा खोप लगाएका छन, बझाङका ९९ हजार ८ सय ४४ जनाले पहिलो र ५६ हजार ३८ जनाले पूर्ण मात्रा खोप लगाएका छन । बाँकी पेज २ मा त्यसैगरी दार्चुलाका ९० हजार १९ जनाले पहिलो र ६२ हजार २ सय ५६ जनाले पूर्ण मात्रा लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, जन्सन, भेरोसेल र फाइजर खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालनमा रहेको जानकारी गराउनु भयो । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेका छ ।

भारतसँगका यहाँका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । यस प्रदेशमा समेत माघ दोस्रो साता चार जनामा ओमिक्रोन पुष्टि भइसकेकाले सीमानाकामा थप कडाइ गरिएको जोशीले जानकारी गराउनु भयो । उनले सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षण मार्फत परीक्षणको काम भइरहेको बताउदै भारतबाट आउनेलाई नाकामै खोप लगाउने प्रबन्ध समेत मिलाएको बताउनु भयो ।
सीमानाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतको भन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्य टोली खटाइएको उनले बताउनु भयो ।
यसका साथै कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियान बढाइएको बताउदै प्रदेशका सबै स्थानीय तहमा हाल कोरोना विरुद्धको खोप अभियान पनि जारी रहेकोले सबैलाई खोप लगाउन पनि आग्रह गरिएको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ४ लाख ८१ हजार १ सय २ जनाको कोरोना परीक्षण गरिएकोमा ५८ हजार २ सय ८२ जनामा संक्रमण भइसकेको बताउदै उनले कोरोना संक्रमणकै कारण प्रदेशमा ६ सय २४ जनाको मृत्यु भइसकेको बताउनु भयो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान