माघ १३ धनगढी
पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइसर संक्रमणको पुष्टि भएको छ ।
२१ हजार ८ सय ८ जनाको नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना भाइसर संक्रमणको पुष्टि भएको हो ।
योसंगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ३९ हजार २ सय ६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८ सय ३८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमण कारण थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको जनाएको हो । यो संगै देशभरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ८७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तैगरी सोही अवधिमा कोरोना संक्रमणबाट ५ हजार २ सय १९ जना मुक्त भएका छन् ।
यो संगै कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबारको तथ्यांकसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९० हजार ५ सय ७६ जना पुगेको छ ।
दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
- ३ दिन अगाडि