फोहरले मानब जीबनलाई नराम्ररी भ्रभाब पार्ने गरेको छ । फोहोरकै कारण मान्छेहरु विरामी हुनुका साथै रोगी बन्ने गरेका छन । यहि फोहोरका कारण रोगहरु एक अर्कालाई सर्ने बढी खतरा देखिन्छ । फेहरले बजार त दुर्गन्धित हुन्छ नै यस्ले मानब स्वाश्थ्यलाई झनै प्रभाब गर्ने भएकाले फोहर ब्याबश्थापन गर्न आवश्यक छ । साथै नगरका सडकहरु पनि साना भएर खाल्डाखुल्डी भएर असुरक्षित बन्दै गएको छ । सडक चौडा बनाएर खाल्डाखुल्डीहरु पुरेर नगरलाई सुरक्षित बनाउन आवश्यक छ । धनगढी उप महानगरपालीकाको फोहरलाई मोहर बनाउने सपना अझै पूरा हुन सकेको छैन । प्लास्टिककै कारण बढी फोहर हुने भएकाले प्लाष्टीक निषेधित क्षेत्र घोषणा गरेको भए पनि त्यसलाई कार्यान्वयन गर्ने पाटो भने कमजोर देखिएको छ । नागरिकको पनि कर्तब्य भएकाले नगर सरसफाईमा ध्यान दिन जरुरी छ । सरकारकै भर परेर सरकारलाई नै गाली दिने कुरा सभ्य नागरिकलाई नसुहाउने कुरा हो । घर पसलबाट निस्कने फोहर सडकमै फाल्ने मैहु भन्ने शिक्षित भनाउँदाहरु पनि छन । तिनीहरुले ‘जनचेतना फैलाउनको सट्टा आफै अचेत अबश्थाका छन । तिनीहरु चाहे वकिल किन नहुन सामान्य फोहरलाई जथाभावी नफालौ भन्ने चेतना हुदैन भने तीनले गर्ने न्याय निरुपण पनि त्यस्तै मानसीकताको हुने कुरामा दुईमत छैन । फोहर ब्यबश्थापन गरेर सुन्दर नगर निर्माण गर्ने उदेश्यका साथ सबैे नगरबासी एक भएर लाग्न जरुरी छ । फोहर ब्याबश्थापन गरेर नगरलाई सफा र सुन्दर बनाउन जरुरी छ । यस कार्यमा सबै सचेत भएर जिम्मबेवार नागरिकको परिचय दिन आवश्यक छ । स्थानिय सरकारले पनि सडकहरुको स्तरउन्नती गरी नागरीकलाई सहज र सुरक्षित यात्रा गर्ने बाताबरण बनाउन आवश्यक छ । समान्य पानीमा हिलाम्य सडक नभई झरीमा पनि खुट्टा नभिज्ने बाटाहरु बनाउन आवश्यक छ । नगरलाई सफा, सुन्दर र सुरक्षित बनाउन जरुरी छ ।
कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका
- ३ वर्ष अगाडि