माघ १० धनगढी,
सोमबार देशभरमा थप १० हजार ३ सय १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५४ जनाको पीसीआर परीक्षणमा ८ हजार ५४ जना र ४ हजार ५ सय ४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार २ सय ६५ जना गरी थप १० हजार ३ सय १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५ सय ४० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Post Views: 414