माघ १० धनगढी,
कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रविन विष्टले घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० नवराज पोखरेल नेतृत्वको टोली खटिएको उनले जानकारी गराएका छन ।
Post Views: 93