"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोटीमा चालक अनुमति पत्रका लागी निर्माण गरिएको ट्रायल सेन्टर सञ्चालनमा आउन सकेन

No data was found

Khabar Raftar

माघ १७ डोटी । सवारी चालक अनुमति पत्रका लागी डोटीको राजपुरमा निर्माण गरिएकोे ट्रायल सेन्टर अझै सञ्चालनमा आउन सकेको छैन ।
तीन महिना भित्र सञ्चालनमा ल्याउने गरी झण्डै अढाई बर्ष लगाएर निर्माण गरिएको ट्रायल सेन्टर अझै सञ्चालनमा आउन नसकेको हो ।
सुदूरपश्चिम प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले २०७५ साल चैत १७ गते डोटीको राजपुरमा शिलान्यास गरेको ट्रायल सेन्टर अहिले सम्म सञ्चालनमा आउन नसकेको हो ।
३७ लाख ८१ हजार रुपैयाँको लागतमा निर्धारित समय भन्दा दुई बर्ष ढिला गरी ट्रायल सेन्टर गत असारमा तयार भए पनि अहिले सम्म सञ्चालनमा आउन सकेको छैन । डोटीको राजपुरस्थित यातायात व्यवस्था कार्यालयले निर्माण भइसकेको ट्रायल सेन्टरको भौतिक पूर्वाधार मन्त्रालयले समयमा निरीक्षण गरेर निर्णय नदिँदा सञ्चालनमा ल्याउन कठिनाइ भएको बताएको छ । निरीक्षण गरिदिन गत साउन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाएको बताउदै कार्यालयका निमित्त प्रमुख भरत नेपालीले काम सम्पन्न भईसक्यो भन्दा पनि निरीक्षण गरिदिन आग्रह गर्दै पत्र पठाएको बताउनु भयो ।
उनले पटक पटक फोनमा आग्रह गरेको बताउदै अहिले सम्म निरीक्षण नभएको गुनासो गरे ।
भौतिक संरचनाको निरीक्षण भए पछि मात्रै ट्रायल लिने अनुमति प्राप्त हुने बताउदै ट्रायलको अनुमति प्राप्त भयो भने कार्यालयमा भएको जनशक्ति परिचालन गरेर सवारी चालक अनुमति पत्रको प्रक्रिया शुरु गर्न सकिने निमित्त प्रमुख नेपालीले बताउनु भयो ।
सुदूरपश्मि प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात क्षेत्र हेर्ने शाखा अधिकृत मोहनचन्द्र जोशीले डोटी र डडेल्धुरामा यसै ्आर्थिक बर्षभित्र ट्रायल सेन्टर सञ्चालनमा आउने बताएका छन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत