"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

डोटीमा चालक अनुमति पत्रका लागी निर्माण गरिएको ट्रायल सेन्टर सञ्चालनमा आउन सकेन

Khabar Raftar

माघ १७ डोटी । सवारी चालक अनुमति पत्रका लागी डोटीको राजपुरमा निर्माण गरिएकोे ट्रायल सेन्टर अझै सञ्चालनमा आउन सकेको छैन ।
तीन महिना भित्र सञ्चालनमा ल्याउने गरी झण्डै अढाई बर्ष लगाएर निर्माण गरिएको ट्रायल सेन्टर अझै सञ्चालनमा आउन नसकेको हो ।
सुदूरपश्चिम प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले २०७५ साल चैत १७ गते डोटीको राजपुरमा शिलान्यास गरेको ट्रायल सेन्टर अहिले सम्म सञ्चालनमा आउन नसकेको हो ।
३७ लाख ८१ हजार रुपैयाँको लागतमा निर्धारित समय भन्दा दुई बर्ष ढिला गरी ट्रायल सेन्टर गत असारमा तयार भए पनि अहिले सम्म सञ्चालनमा आउन सकेको छैन । डोटीको राजपुरस्थित यातायात व्यवस्था कार्यालयले निर्माण भइसकेको ट्रायल सेन्टरको भौतिक पूर्वाधार मन्त्रालयले समयमा निरीक्षण गरेर निर्णय नदिँदा सञ्चालनमा ल्याउन कठिनाइ भएको बताएको छ । निरीक्षण गरिदिन गत साउन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाएको बताउदै कार्यालयका निमित्त प्रमुख भरत नेपालीले काम सम्पन्न भईसक्यो भन्दा पनि निरीक्षण गरिदिन आग्रह गर्दै पत्र पठाएको बताउनु भयो ।
उनले पटक पटक फोनमा आग्रह गरेको बताउदै अहिले सम्म निरीक्षण नभएको गुनासो गरे ।
भौतिक संरचनाको निरीक्षण भए पछि मात्रै ट्रायल लिने अनुमति प्राप्त हुने बताउदै ट्रायलको अनुमति प्राप्त भयो भने कार्यालयमा भएको जनशक्ति परिचालन गरेर सवारी चालक अनुमति पत्रको प्रक्रिया शुरु गर्न सकिने निमित्त प्रमुख नेपालीले बताउनु भयो ।
सुदूरपश्मि प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात क्षेत्र हेर्ने शाखा अधिकृत मोहनचन्द्र जोशीले डोटी र डडेल्धुरामा यसै ्आर्थिक बर्षभित्र ट्रायल सेन्टर सञ्चालनमा आउने बताएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद
व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

धेरै कमेन्ट गरिएको

मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

manaw-bechabikhan

मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने