माघ १७ अछाम । ट्र्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । अछामको पन्चलदेवल विनायक नगरपालिका वडा नम्बर ६ मा सोही ठाउँका २२ वर्षीय लोकेन्द्र अधिकारीले चलाएको सुपप्र ०१००२ त ५९४१ नम्बरको ट्र्याक्टरले किच्दा किरण रावलको मृत्यु भएको हो ।
ट्र्याक्टरमा सवार किरण खस्दा उनलाई टायरले किचेर मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा घाइते भएका रावलको उपचारका लागि कोहलपुर मेडिकल कलेज लैँजादै गर्दा बाटोमा मृत्यु भएको ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । ट्र्याक्टर र चालक लोकेन्द्र अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
Post Views: 167


