धनगढी,१७ माघ । सुदूरपश्चिम प्रदेशमा थप ४ सय १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार १ सय ३६ जनाको एन्टिजेन र ३ सय १२ जनाको पीसीआर परीक्षण गर्दा आज ४ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएकामध्ये ४५ जना आज नै भारतबाट फर्केका नागरिक रहेको निर्देशनालयले जनाएको छ । आज सुदूरपश्चिमका नाका भएर ७ सय ६० जना स्वदेश फर्केका छन् ।
Post Views: 119