काठमाण्डौ,१७ माघ । पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ७२ जना र ५ हजार ७ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८ सय २० जना गरी कुल ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
हाल देशभरमा ७९ हजार २ सय ७२ सक्रिय संक्रमित रुहेका छन् भने ८ हजार १ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।
Post Views: 94