धनगढी,१७ माघ । सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ४३ नमुना परीक्षण गर्दा थप १ सय जनामा संक्रमणको पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा ९ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन भने ३ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा २४ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ती मध्ये ८ जनाको आइसियु र २ जनाको भेन्टीलेटरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
Post Views: 281