माघ १४ काठमाण्डौ,
सोमवार पनि नेपाली बजारमा सुनको मूल्य घटेको हो । सुनको मुल्य साताको दोस्रो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको हो । सोमवार पनि नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । स्थानीय बजारमा सोमवार सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा रू. ४ सय ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ८ सय मा कारोबार भएको छ । छापावाला सुनको मूल्य आइतवार प्रतितोला रू. ९२ हजार २ सय मा कारोबार भएको थियो । अघिल्लो कारोबाको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ४०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ३ सय मा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू. ९१ हजार ७ सय मा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला रू. १ हजार २ सय ५० मा कारोबार भएको चाँदी सोमवार रू. १० ले घटेर रू. १ हजार २ सय ४० मा किनबेच भइरहेको छ ।
बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
- ११ घण्टा अगाडि