"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कृषि मन्त्री चौधरीद्वारा नायल कृषि सहकारी संस्था, कार्यालयको उद्घाटन

No data was found

Khabar Raftar

जगत कामी , माघ १५ धनगढी
गोदावरी नगरपालिका वडा नम्बर १२ मा रहेको नायल कृषि सहकारी संस्था लिमिटेड कार्यालयको उद्घाटन गरिएको छ ।
आइतवार सुदूरपश्चिम प्रदेशका कृर्षि तथा सहकारी मन्त्रि विनिता चौधरीले पानसमा दियो बाल्दै रिवन काटेर कार्यालयका उद्घाटन गर्नु भएको हो । कार्यालयको उद्घाटन गर्दै मन्त्री चौधरीले बिदेशको खाडी मुलुकमा गएर काम गर्नु भन्दा कृर्षि सहकारी मार्फत स्वदेशमा युवाहरुले केही गनुपर्छ भन्ने सोचका साथ अगाडी बढ्न सक्ने विदेशमा भन्दै बढी नेपालमै कमाउन सकिने बताउनु भयो । मन्त्री चौधरीले सहकारी मार्फत बेरोजगारी अन्त्य गर्नुका साथै रोजगारी सृजना गरी नागरिकहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ सहकारी अगाडी बढ्ने बिश्वास ब्यक्त गर्नु भयो । देशलाई परिवर्तन गर्नका लागि युवाहरुको ठुलो योगदान रहेको बताउदै मन्त्री चौधरीले युवाहरुले नै देशको कायापलट गर्न सक्ने बताउनु भयो । सहकारी आफैमा नराम्रो नभएको बताउदै उनले सरकारले नै सहकारीलाइ तिन खम्बे अर्थनितीको रुपमा लिएको बताईन । उत्पालनलाई सहकारीसंग जोड्नु पर्ने बताउदै मन्त्री चौधरीले बजारलाई सहकार्रीसंग जोड्नु मन्त्रालयले महत्वपुर्ण स्थानमा राखेको
बताउनु भयो ।
मन्त्री चौधरीले सहकारीको उद्देश्यहरु र निती अनुसार काम नगरेको अवस्थामा निजी कम्पनी होकी भन्ने भ्रमपूर्ण अवस्था रहेको बताउदै सहकारी निजी कम्पनी नभएकाले नाफा मुखी नभई सेवामुखी हुनु पर्ने बताउनु भयो । सहकारीका शेयर सदस्य सबै सहकारीका मालिक हुने बताउदै उनले निजी कम्पनीमा एक मात्र मालिक हुने
भएकाले नाफामुलक हुने बताउनु भयो । सहकारीलाई सरकारले तिन तहमा राखेको बताउदै मन्त्री चौधरीले सहकारीलाई स्थापना गर्नु मात्र नभई लक्ष्य उदेश्यमा रहेर काम गर्न सके सम्बृद्धी धेरै टाढा नभई नजिकै रहेको बताउनु भयो । उनले ओलानी क्षेत्रको मुख्य समस्या सडक भएको बताउदै सडक निर्माणको काम सुरु भई सकेकाले समस्या नहुने बताउनु भयो । उनले मन्त्रालयले सहकरी संस्था मार्फत लघुबित्त कार्यक्रम चलाउने जानकारी गराउदै यसलाई व्यवस्थीत बनाउन सके उत्पादन बढाउर्न सकिने बताउनु भयो ।
त्यसैगरी नेकपा माओवदी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य उद्धव भट्टराईले नेपाललाई समाजवाद उन्मुख बनाउन आर्थिक समृद्धीका लागी तयारी गर्न कृर्षि क्षेत्र मार्फत आर्थिक क्रान्ती गर्नु पर्ने बताए । उनले कृर्षिबाट मात्रै आर्थिक समृद्धी सम्भव भएकाले
सहकारी मार्फत कृषी क्रान्तिमा लाग्नु पर्ने बताए । त्यसैगरी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सदस्य भानसिंह विकले ६५ प्रतिशत दलित समुदायका मानिसहरु बसोबास गर्दै आएको बताउदै आर्थिक हिसावले सबैको अबश्था कमजोर रहेको बताए । हातमुख जोर्नकै लागी भारत जाने गरेको बताउदै उनले भारतबाट एच.आई.भि. संक्रमित भएर फर्किने गरेको बताए । गोदावरी नगरपालीका वडा नम्बर १२ का अध्यक्ष भिम खड्काले ओलानी २०२३ सालको वस्ती भएको बताउदै ओलानीबासीका समस्या कसैले नबुझेको बताउदै बाटो नभएकै कारण प्राकृतिक सम्पदा भएर पनि आन्तरिक प्रयर्टन आउन नसकेको बताए । कार्यक्रम नायल सहकारी संस्थाका अध्यक्ष पदम राज गीरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिब श्याम नेपालीले गरेका थिए ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित