माघ १६ धनगढी,
सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा फुटेको छ । चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा फुटेकोे हो । शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति गठन गरेको छ ।
समितिमा तीन जना चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारीलाई उपाध्यक्ष राखिएको छ । महासचिवमा लालबहादुर जाग्री, सचिव गौरिलाल कार्की र कोषाध्यक्षमा ओमबहादुर केसी चयन भएका छन् । यसैगरी सदस्यहरूमा बालकृष्ण सुवेदी, नरबहादुर थापा, मनिराम सापकोटा, लक्ष्मी न्यौपाने, उद्धव ऐर, धनबहादुर बोहरा, कर्ण थापा लगायत रहेका छन् । ५१ सदस्यीय केन्द्रीय समितिमा ५ सदस्य केन्द्रीय समितिले पछि मनोनय गर्ने जानकारी दिइएको छ ।
Post Views: 80