"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

भारतले फिलिपिन्सलाई ४५ अर्ब बराबरको क्षेप्यास्त्र बेच्ने सम्झौता

Khabar Raftar

भारतले फिलिपिन्सलाई ब्रह्मोस क्षेप्यास्त्र बिक्री गर्ने सम्झौता भएको छ । शुक्रबार भारतको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्षेप्यास्त्र बिक्री गर्ने सम्झौता भएको जनाएको हो ।
मन्त्रालयका अनुसार ब्रह्मोस एरोस्पेस प्राइभेट लिमिटेड (बीएपीएल) र फिलिपिन्सको राष्ट्रिय सुरक्षा विभागबीच आज ब्रह्मोस क्षेप्यास्त्रका तीनवटा ब्याट्री (क्षेप्यास्त्रजडित उपकरण) किन्ने सम्झौता भएको हो । दुबै मुलुकबीच झण्डै ३७५ मिलियन अमेरिकी डलर (४५ अर्ब १२ करोड नेपाली रुपैयाँ) बराबरको सम्झौता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
शुक्रबार औपचारिक सम्झौता भए पनि फिलिपिन्सले डिसेम्बर ३१ गते नै क्षेप्यास्त्र खरिद सम्झौता अघि बढाउने बताएको थियो ।
सम्झौतासँगै फिलिपिन्स भारतमा बनेको क्षेप्यास्त्र खरिद गर्ने पहिलो मुलुक बनेको छ । तर, भियतनाम र थाइल्याण्डसहितका अन्य दक्षिण–पूर्वी एसियाली मुलुकले समेत ब्रह्मोस क्षेप्यास्त्र खरिद गर्ने रुचि देखाएको पाइन्छ । फिलिपिन्नसँग भएको क्षेप्यास्त्र खरिद सम्झौतालाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ । किनभने योसँगै महत्त्वपूर्ण रक्षा उपकरण निर्यात गर्ने भारतको सपनाले केही सार्थकता पाएको छ ।
साउथ चाइना सीलाई लिएर चीनसँग सम्बन्ध चिसिँदै गइरहेका बेला फिलिपिन्सले ब्रह्मोस क्षेप्यास्त्र खरिद गर्न लागेको हो । यही कारण सम्झौताले फिलिपिन्सको हकमा समेत महत्त्व राख्छ ।
ब्रह्मोस क्षेप्यास्त्र मध्यम दूरी अर्थात् ३०० देखि ५०० किलोमिटरसम्म मार हान्न सक्ने सुपरसोनिक क्रुज मिसाइल हो । लडाकु जहाज र पनडुब्बीबाट समेत पानीजहाजलाई निशाना बनाउन सक्ने यो क्षेप्यास्त्रलाई भारतको डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ) र रुसको एनपीओ माशिनोस्ट्रोयनियाले संयुक्त रुपमा विकास गरेका हुन् । हाल भारतको ब्रह्मोस एरोस्पेसले उक्त क्षेप्यास्त्र उत्पादन गर्छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ