"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतले फिलिपिन्सलाई ४५ अर्ब बराबरको क्षेप्यास्त्र बेच्ने सम्झौता

No data was found

Khabar Raftar

भारतले फिलिपिन्सलाई ब्रह्मोस क्षेप्यास्त्र बिक्री गर्ने सम्झौता भएको छ । शुक्रबार भारतको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्षेप्यास्त्र बिक्री गर्ने सम्झौता भएको जनाएको हो ।
मन्त्रालयका अनुसार ब्रह्मोस एरोस्पेस प्राइभेट लिमिटेड (बीएपीएल) र फिलिपिन्सको राष्ट्रिय सुरक्षा विभागबीच आज ब्रह्मोस क्षेप्यास्त्रका तीनवटा ब्याट्री (क्षेप्यास्त्रजडित उपकरण) किन्ने सम्झौता भएको हो । दुबै मुलुकबीच झण्डै ३७५ मिलियन अमेरिकी डलर (४५ अर्ब १२ करोड नेपाली रुपैयाँ) बराबरको सम्झौता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
शुक्रबार औपचारिक सम्झौता भए पनि फिलिपिन्सले डिसेम्बर ३१ गते नै क्षेप्यास्त्र खरिद सम्झौता अघि बढाउने बताएको थियो ।
सम्झौतासँगै फिलिपिन्स भारतमा बनेको क्षेप्यास्त्र खरिद गर्ने पहिलो मुलुक बनेको छ । तर, भियतनाम र थाइल्याण्डसहितका अन्य दक्षिण–पूर्वी एसियाली मुलुकले समेत ब्रह्मोस क्षेप्यास्त्र खरिद गर्ने रुचि देखाएको पाइन्छ । फिलिपिन्नसँग भएको क्षेप्यास्त्र खरिद सम्झौतालाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ । किनभने योसँगै महत्त्वपूर्ण रक्षा उपकरण निर्यात गर्ने भारतको सपनाले केही सार्थकता पाएको छ ।
साउथ चाइना सीलाई लिएर चीनसँग सम्बन्ध चिसिँदै गइरहेका बेला फिलिपिन्सले ब्रह्मोस क्षेप्यास्त्र खरिद गर्न लागेको हो । यही कारण सम्झौताले फिलिपिन्सको हकमा समेत महत्त्व राख्छ ।
ब्रह्मोस क्षेप्यास्त्र मध्यम दूरी अर्थात् ३०० देखि ५०० किलोमिटरसम्म मार हान्न सक्ने सुपरसोनिक क्रुज मिसाइल हो । लडाकु जहाज र पनडुब्बीबाट समेत पानीजहाजलाई निशाना बनाउन सक्ने यो क्षेप्यास्त्रलाई भारतको डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ) र रुसको एनपीओ माशिनोस्ट्रोयनियाले संयुक्त रुपमा विकास गरेका हुन् । हाल भारतको ब्रह्मोस एरोस्पेसले उक्त क्षेप्यास्त्र उत्पादन गर्छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान