"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीको नेपथ्य कन्सर्टमा द्वन्द्वकालको सुदूरपश्चिम सम्झना

No data was found

Khabar Raftar

पौष ४ धनगढी । जताततै जंगलको हरियाली अनि पर–परसम्म फराकिला खेतहरुमा पहेँलपुर तोरी झुलिरहेका देखिन्छन् । अन्यत्र पुसको ठण्डी सुरु भइसक्दा पनि कैलाली भने यतिबेला असाध्यै अनुकूल हावापानीमा रमाइरहेको छ ।

यो अनुकूलता उहिले द्वन्द्वकाल र भर्खरैको कोभिड महामारीपछि चैनको स्वास फेरिरहेको यस सिमावर्ती भेगमा धेरै हिसाबले महशुस गर्न सकिन्छ । सहरकै एउटा कुनामा चलिरहेको ‘सुदूरपश्चिम महोत्सव’ले पनि स्थानीयका माझमा मधुर माहोल बनाइरहेकै छ ।

 

यसैबीच नेपथ्यले ‘मानवताको लागि संगीत’ नारा बोकेर देशभर भ्रमण गरिरहँदा आइतबार धनगढीमा आयोजित छैठौं कन्सर्ट पनि भब्य रुपले सम्पन्न भएको छ । द्वन्द्वकालमा बाहिरका मानिस आउन संकोच मान्दा पनि बारंबार यस भेगमा आइ गीत सुनाउने नेपथ्यको चीर परिचित ध्वनी आइतबार बेलुकी फेरि यहाँस्थित रंगशालामा फैलिँदा हजारौं दर्शकहरुको उत्साह मिश्रित आवाजले पर–परसम्म प्रभाव फैलिरहेको देखिन्थ्यो ।

सुरुमा दुइवटा म्यूजिक भिडियो देखाउनासाथ मञ्चमा चढेको नेपथ्य टोलीले ‘आँगनैभरि हिउँनै झरे’ बाट धनगढीमा आफूलाई प्रारम्भ ग¥यो । दोश्रो गीत थियो ‘भेँडाको ऊनजस्तो’। यो गीतबाटै मैदानमा नाचिरहेका दर्शकहरुबीच तापक्रम उच्च भइसकेको थियो भने त्यसलाई निरन्तरता दिँदै ब्याण्डले ‘छेक्यो छेक्यो’ सुनाएको थियो । ब्याण्डको दोश्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको यो सर्वकालीक हिट गीतलाई देशभरिका श्रोताजस्तै धनगढीले पनि ब्यापक स्वागत ग¥यो ।

त्यसपछि एकैछिन गाउने क्रमलाई थामेर ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले सम्पूर्ण श्रोता दर्शकहरुलाई स्वागत गरेका थिए । ‘तपाइहरुको धनगढीमा बस्दा मलाइ मेरै भेगको याद आइरहेको छ । अब रोदीघरहरु तिर लैजान्छु’ भन्दै उनले ‘लामपाते सुरती’ प्रस्तुत गरे । त्यसपछि भने ‘मीन पचास’ एल्बमका उत्तिकै लोकप्रिय गीतहरु ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ प्रस्तुत गरिएको थियो ।

‘नेपालभरि म जहाँ पुगेँ त्यहाँ सुन्दरता पाएँ,’ अमृतले थपे, ‘अब यो कैलालीजस्तै अर्को राम्रो ठाउँ रुकुमतिर लैजान्छु । यसो भनेपछि उनले पछिल्लो समय नेपथ्यले तयारपारेको अर्को लोकप्रिय गीत ‘शिरफूल शिरैमा’ गाएर सुनाएका थिए । कार्यक्रम अवधिभर गायक अमृत गुरुङले पटक पटक मानवसेवा आश्रमको उद्देश्यबारे बोले । ब्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरुको तस्बिर सहितका दृश्यहरुबाट प्रस्तुत गरिएको थियो ।

‘धनै धन भएर यो ठाउँलाई धनगढी भनेको रे हो ?’ प्रश्न गरिसकेपछि उनी अगाडि भन्दै थिए, ‘त्यो धनमा मन मिसाएर खुला हृदयले मानवताको सेवा गरौं है । गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए । कन्सर्टमा पहिलो लहरमै बसेर नृत्यरत एक परिपक्व अनुहार पनि देखिन्थ्यो । उनी थिए धनगढी ४ का सिद्धराज पनेरु । ‘मैले यसअघि पनि नेपथ्यको कन्सर्ट हेरेको थिएँ,’ उनले थपे, ‘यसपाला मानवसेवाको पवित्र उद्देश्य लिएर यो कार्यक्रम आयोजना भएकाले झनै रमाइलो लागिरहेको छ ।’

कन्सर्टको अन्त्यतिर ‘गाउँ गाउँबाट उठ’ गाउन सुरुगरेपछि धनगढी रंगशालामा भएभरका दर्शकहरुको खुट्टा बज्रिन थाल्यो । त्यसले मैदानमा जमेका धुलो उडेर आकाश छेक्लाजस्तै गरि फैलिएको देखिन्थ्यो ।
‘हामीले ठूलो लडाइँ देख्यौं । यो धनगढीमा उतिबेला आउँदा सर्वसाधारण त्रासमा बाँचेका थिए । संसार फेर्छु भन्नेहरु आफै फेरिएको पनि देखियो । अब त्यस्तो लडाइ देख्नु नपरोस् ।’ अमृतले धुनकै बीच यी बाक्यहरु बोलेका थिए जसमा दर्शकहरुले ठूलो आवाजका साथ समर्थन जनाएको देखिन्थ्यो ।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । अमृतले सबै साथीहरुको क्रमैसँग परिचय गराए ।
त्यसपछिको गीत थियोः
‘मै नाचे छमछमी’
यसले दर्शकहरुको साँगीतिक उत्तेजनालाई पराकाष्ठामा लगिसकेको थियो ।
त्यहि मौका पारेर अमृतले सोधेः
‘अब कुन गीत सुन्ने ?’
मैदानमा भएभरका दर्शकहरुले एक स्वरबाट ‘रेशम’ भन्दै चिच्याउन थाले । यसरी ‘रेशम’ र त्यसपछि पनि दर्शककै फर्माइसमा ‘तालको पानी’ गाएर सुनाइएको थियो । ‘बाँचुन्जेलको मात्र यो जीवनमा बाँचेकै बेला सत्कर्म गरौं,’ अमृतले फेरि पनि परोपकारका निम्ति दर्शकहरुलाई प्रोत्साहित गर्दै ठूलो दर्शक प्रतिक्रियाकै बीच भने, ‘धनगढीको यो आवाजलाई मैले मानव मन्दिर निर्माणमा प्रतिवद्धता ठानेको छु है ।’
अन्त्यमा भने सँधैजस्तै नेपथ्यले ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेको थियो । त्यतिबेला मुलुकप्रतिको भावनाले ओतप्रोत दर्शकहरु जताततै राष्ट्रिय झण्डा बोकेर नृत्य गरिरहेको देखिन्थ्यो ।

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्ट धनगढीमा पनि सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन् । यसका निम्ति उनले सबै सहयोगीलाई धन्यवाद ब्यक्त गरे। ‘धनगढीको कन्सर्टमा भब्य उपस्थितीले मनोरञ्जन र परोपकार दुवैमा सरिक हुनचाहने यस सहरका सहृदयीहरुको पहिचान पनि स्थापित गरेको छ,’ अधिकारीले थपे, ‘यसैगरि मुलुकका अन्य भागमा निरन्तर चल्ने कन्सर्टहरुलाई पनि त्यहाँका मानवताप्रेमी श्रोता दर्शकहरुले सफल बनाउने विश्वास लिएको छु ।’

धनगढीको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बसमार्फत् वीरेन्द्रनगर सुर्खेततर्फ प्रस्थान गरेको छ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित खुलामञ्चमा नेपथ्य पुस ६ गते बुधबार प्रस्तुत हुँदैछ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते