"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

No data was found

Khabar Raftar

बैशाख ०६ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा नेपाली सेनाले खाली गरेको वनको जग्गामा व्यक्तिले कब्जा जमाएका छन । बोराडाँडी ब्यारेकको उत्तरतर्फको नेपाली सेनाले खाली गरेको शिवपुरी सामुदायिक वनको जग्गामा व्यक्तिले कब्जा जमाएका हुन ।

२०७५ सालसम्म नेपाली सेनाले तारवार लगाएर आफ्नो नियन्त्रणमा राखेको जग्गा तत्कालीन वडा अध्यक्ष दीपककुमार थापा क्षेत्री र नगरपालिकाको समन्वयमा नेपाली सेनाले खाली गरेको थियो । सेनाले सात वर्ष अगाडी छोडेको वनको जग्गा अहिले प्लटिङ गरेर बिक्री भएको छ । उक्त जग्गामा दुई–तीन तल्ले घर निर्माण भई सकेका छन भने कुनै घडेरी तीन–चार पटकसम्म बिक्री भइसेका टछन ।

तत्कालीन वडा अध्यक्ष थापाका अनुसार नेपाली सेनाबाट जग्गा खाली गराएर उक्त स्थानमा बसपार्क निर्माण गर्ने योजना नगरपालिकाले बनाएको थियो । बसपार्क निर्माण गर्ने भनेर सेनाले ओगटेको वनको जग्गा खाली गर्न पूर्व नगर प्रमुख नृपबहादुर वड डोजर लगेर सक्रिय भएका थिए । त्यस बेला सेनासँग सामान्य विवाद समेत भएको र पछि आपसी समन्वयमै सेनाले जग्गा खाली गरेको पूर्व अध्यक्ष थापाले बताए ।

’शिवपुरी सामुदायिक वनको जग्गा सेनाले उपभोग गरेको बताउदै उनले नगरपालिकाले त्यो जग्गा खाली गरेर बसपार्क बनाउने योजना अगाडी सारेको बताए । जग्गा खाली गर्ने भनेर पूर्व नगर प्रमुख नृपबहादुर वड डोजर लगेर गएको बताउदै उनले त्यतिबेला सेनासँग सामान्य विवाद पनि भएको बताए । पछि नेपाली सेनासँग समन्वय गरेर उक्त जग्गा फिर्ता भएको उनले   बताए । सेनाले छोडेको वनको जग्गामा नयाँ बसपार्क बनाउने धनगढी उपमहानगर पालिकाको योजना कार्यान्वयन नभएको पूर्व वडा अध्यक्ष थापाले बताए ।

सेनाले छोडेकै जग्गामा उनकै पालामा वडा कार्यालय बनेको बताउदै उनले वडा कार्यालय भन्दा उत्तरतर्फको वनको जग्गा त्यसपछि अतिक्रमण भएको बताए । वडा कार्यालय भन्दा उत्तरतर्फको वनको जग्गा जनप्रतिनिधिकै मिलेमतोमा बिक्री वितरण भएको तथ्य फेला परेको छ ।

वडा नम्बर ४ मा वडाका जनप्रतिनिधिकै सिफारिसमा जङ्गलको जग्गा किनबेच भएको पाइएको हो । स्थानीय जग्गा माफियाले सिट नम्बर ०२७–०६८७–२ को कित्ता नम्बर ११५ को फिल्डबुकमा जङ्ग उल्लेख भएको वडा कार्यालय भवनको उत्तरपट्टिको एक बिघा २ कठ्ठा १२ धुर जग्गा बिक्री गरेका हुन् । उक्त जग्गा भूमाफियाले विभिन्न १९ जनालाई बिक्री गरेको पाइएको छ ।

केही व्यक्तिले उक्त जग्गामा पक्की घर नै बनाएर बसेका छन् भने केही घडेरीहरूको अहिले पनि बेचबिखन भइरहेको स्थानीयले बताएका छन । भूमाफियाले उक्त एक बिघा दुई कठ्ठा १२ धुर जग्गामा १९ वटा घडेरी निकालेर आधा कठ्ठाको २० लाखका दरले बिक्री गरेको स्थानीयले बताएका छन् । जग्गा किनबेचको कागज बनाउन वडा कार्यालयकै जनप्रतिनिध संलग्न रहेको बताइएको छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते