"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सामाजिक कुरिती हटाउन धार्मिक अगुवा संग छलफल, कुरिती हटाउन धर्मले नरोकेको अगुवाको भनाई

No data was found

Khabar Raftar

\प्रदिप मलासी बझाङ्ग,मंसिर ११ बझाङ । सामाजिक कुरिती हटाउन धार्मिक अगुवासंग गरिएको छmफलका सहभागीहरुले समाजका बिद्यमान कुरिति हटाउन धर्मले नरोकेको बताएका छन ।
युनाईटडे मिसन टु नेपाल बझाङ्ग कलष्टरको आर्थिक सहयोग र दलित सहयोग समाज बझाङ्गको आयोजनामा संचालित समान व्यवहार परियोजनाले जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ९,१०र ११ का बिभिन्न टोल बस्तीमा रहेका बिद्यमान सामाजिक हानिकारक प्रथा तथा चालचलनको अन्त्य गर्न बिभिन्न समुह मार्फत जनचेतना जगाउदै आएको छ ।

बिगत ३ वर्ष देखि संचालनमा रहेको परियोजनाले समाजमा रहेका बाल विवाह,छाउपडी प्रथा ,जातिय बिभेद, मदिरा दुरुपयोग, लगाइतका क्षेत्रमा काम गर्दै आएको छ । धार्मिक मान्यताले छाउपडीलाई दुध दहि खान नमिल्ने घर भित्र बस्न नदिने खानेपानीका धारा नछुन मिल्ने बिद्यालय जान नमिल्ने लगाएतका कार्यमा रोक लगाएका बेला परियोजनाले चौतर्फि चेतना फैलाएर सबै कार्य सहज र सरल रुपमा गर्ने बनाएको छ ।
बिगतका दिनमा बुंगल नगरपालिका वडा नम्बर ९,१०,११ का छाउपडी महिला र दलित समुदायले छुदा छिटो हाल्ने चलन धामिक रुपमै उल्लेख भएको भन्दै धर्म बचाउन लागि गरिएमका गलत प्रचारकोचिरफार गर्दै परियोजनाको कार्यक्रम मार्फत सचेत भएर यि सबै कुरिति र कुसंस्कारको अन्त्य गर्दै महिला पुरुष दलित गैर दलित बिचको दैनिकी फेरिदै आएको बताईएको छ ।

लामो समय देखि मदिराको समस्या झेल्दै आएका बुंगलका युवाहरुको सोच बदल्दै मदिराले जिउधन नास र घर परिवारको बिचल्ली , आर्थिक अवस्था नाजुक बनाउने भएकाले समाजलाई मदिरावाट भए मुक्त बनाउदै कुव्यवहारको अन्त्य गर्न लागि परेको परियोजनाले धेरै मानिसको दैनिक व्यवहारमा सहित परिवर्तन ल्याएको छ । मदिरा, धुम्रपान सुर्तीजन्य पदार्थका कारण छोरा छोरीको शिक्षा दिक्षा घर परिवारको लालनपालनमा ठुलो क्षती पुर्याउने कुराको जनचेतना जगाउदै धेरै युवा किशोर किशोरीको जिवन स्तरमा सुधार ल्याएको छ ।

दलित सहयोग समाजद्वारा संचालित समान व्यवहार परियोजना लागु भए पछि दैनिक धुम्रपान स्वास्थ्थका लागि हानिकार रहेछ भन्ने कुरा थाहा पाए र आजकाल धुम्रपान मद्यपानमा हुने खर्च छोरा छोरीको शिक्षामा खर्च गरि रहेको लाली गुरास दाजु भाइ समुहका सदस्य गगन बोहराले बताए । जसले आजकाल केटाकेटी लाई राम्रो कलेजमा भर्ना गरेर राम्रो शिक्षा पाई रहेको उनले बताए ।

दलित सहयोग समाज मार्फत संचालित समान व्यवहार परियोजना लागु नहुनु अघि ८ वर्षमै बिबाह गर्दा पुन्ने कमाईने भनेर धेरैलाई भन्ने गरेको बताउदै उनले आजकाल परियोजना लागु भए पछि वास्तवमा धर्मले त्यस्तो कुनै कुरा नभनेको र नेपाल सरकारको विवाहवारी २० वर्ष पारी भन्ने कुराको बारेमा परियोजनाले काम गर्ने गरेको उनले जानकारी गराए । उनले उमेर पुगे पछि मात्र बिबाह गर्ने कुरा अरुलाई पनि भन्ने गरेका े बताउदै पहिला आफनै श्रीमतीलाई पनि परालको कुनिही मुनी छाउ गोठमा बस्न बाध्य गराउने गरेको स्मरण गर्दै उनले आजकाल घर भित्र बस्न दिएका े बताए । दहि दुध लगाएका मिठा खाने कुरा दिने गरेको बुंगल नगरपालिका वडा नम्बर ९ देउलीकोटका धार्मिक अगुवा प्रेमराज जोशीले बताए ।

यो परियोजान लागु हुनु पूर्व महिला दिदी बहिनीहरु समाजमा जान पनि डराउने गरेको बताउदै उनले आजकाल सहजरुपमा सबै समाज बैठक मिटिङ्ग गोष्ठी सेमिनारमा गएर आफना कुरा कानी राख्न सक्ने भएको बताए । सूर्यमुखी महिला समुहकी सहजकर्ता बिमला बोहराले पहिला छाउपडी हुदा छाउगोठमा बस्ने गरेको बताउदै उनले आजकाल घर भित्रै बस्नुका साथै मिठो खानेकुरा खाने गरेको बताईन । धर्मशास्त्रमा पनि छाउ हुनु कुनै नराम्रो प्रक्रिया नभएको उल्ल्ेख गरिएको बताउदै उनले अलगै राख्नु राम्रो नहुँने     बताए । उनले धर्मशास्त्रमा पनि त्यस्तो केही नलेखिएको प्रशिक्षणमा जानकारी भएको बताईन । परियोजना संचालन भए पछि थाहा भएको बताउदै उनले आजकाल घर भित्रै बस्ने, राम्रो लुगा लगाउने, मिठो खाने कुरा खाने गरेको बताईन ।

दलित भनेर बिभेद गर्नु हुन्न, छाउ भएकोअवस्थामा मिठो खाने कुरा नदिदा उहाहरुको शाररिक अवस्थामा कमजोरी ल्याउन्छ । त्यसैले छाउपडी दलितलाई छुवाछूत गर्ने कुराको बरेमा कुनै धर्मशास्त्रले गर नभनेकाले यो सबै मानव स्वयमले रचेका कुरा भएको बताईन । बाल बिबाह गर्नु आफैमा नराम्रो कुरा भएकाले बाल बिबाह गर्नु पर्छ भनि कुनै धर्म र धर्मशास्त्रमा नलेखिएको बताउदै ज्योतिष अम्मरराज उपाध्यायले आफैले व्यवहार सुधार गर्नु पर्ने बताएका छन ।

बिगत ३ वर्ष देखि समान व्यवहार परियोजनाले श्रीमती श्रीमानमा कामको समान व्यवहार गर्नु पर्ने,समाजका हानिकारक कुप्रथा छाउपडी प्रथा, बाल विवाह, जातिय बिभेद, मदिरा दुरुपयोग लगाएको अन्त्य र न्युनिकरण गर्न काम गरि रहेको दलित सहयोग समाज बझाङ्गका ब्यवस्थापक सुनिल नेपालीले बताए ।
युनाईटेड मिसन टु नेपाल र दलित सहयोग समाजद्वारा संचालित समान व्यवहार परियोजनाले बुंगल नगरपालिकाका ९,१० र ११ नम्बर वडामा किशोर किशोरी, बाल क्लव, दाजुभाई समुह एकल महिला समुह,महिला समुह ,धार्मिक अगुवा समुह दलित समुह लगाएतका समुहको गठन गरि सामाजिक कुप्रथाहरुको अन्त्य तथा निर्मुलीकरण गर्दै आएको बताईएको छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते