"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धानको बाला झर्न थालेपछि बैतडीको पाटनका किसान चिन्तित

No data was found

Khabar Raftar

भदौ ३१ बैतडी । उत्पादन बढ्ने आशा लिएर लगाएको धानको बाला झर्न थालेपछि बैतडी पाटनका किसान चिन्तित भएका छन । खुमल –४, जातको धान रोपेका किसानहरुको धानको बाला पहेलो भएर झर्न थालेपछि उनिहरु चिन्तीत भएका हुन । किसानले लगाउँदै आएको रैथाने रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकोमा अहिले पछुतो गर्दै आएका छन ।

पाटन नगरपालिका वडा नम्बर–६, का स्थानीय दिनेश बिष्टले कृषि कार्यालयले भित्र्याएको उन्नत जातको खुमल–४, धानमा रोग लागेर बाला झर्न थालेको जानकारी गराउनु भयो । उनले १० पाथी बीउ लाग्ने खेतमा खुमल –४, रोपेको बताउदै धानको बाला सुकेर झर्न थालेको बताउनु भयो । बाला पहेँलो भएर झर्न थाले पछि किसानहरु चिन्तीत भएको उनले बताए ।

धान र गहुँ उत्पादनका लागि पकेट क्षेत्र मानिएको बैतडीको पाटनमा गतवर्ष गहुँमा पनि रोग लागेको स्थानीय किसान राजेश पन्तले बताउनु भयो । धान र गहुँमा रोग लागे पनि स्थानीय सरकारले रोग निदान गर्न कृषि विज्ञ बोलाउन नसकेको पन्तले बताउनु भयो । गतवर्ष गहुँमा रोग लाग्यो । यो वर्ष धान भित्र्याउने बेलामा बाला नै झर्ने समस्या देखियो ।

आयातित बीउले दुई–चार वर्ष राम्रो उत्पादन दिए पनि अहिले किसानलाई धोका भएको उनले बताए । बैतडी पाटनका किसानलाई २०४५ सालमा खेती प्रणाली नामको प्रोजेक्टले खुमल–४, जातको धानको बीउ भित्र्याएको स्मरण गर्दै पन्तले सुरु सुरुमा त एक किलो बराबर करिब ६० किलो उत्पादन भएको बताउनु भयो ।

पछि बिस्तारै उत्पादन घट्दै जान थालेको बताउदै उनले खुमल–४, मा अहिले त बाला लाग्नेबित्तिकै पहेँलो भएर बोट सुक्ने समस्या सिर्जना भएको बताए । पाटन नगरपालिकाका कृषि प्राविधिक महेश अवस्थीले लामो समयसम्म एउटै धानको बीउ लगाइरहँदा धानको जातीय गुण ह्रास भएका कारण समस्या देखिएको बताउनु भयो ।

उनले चालु आर्थिक वर्षदेखि पाटनमा बीउ परिवर्तन गरेर धान र गहुँ खेतीका लागि नयाँ कार्यक्रम आएको बताउदै बीउको उपचार गर्ने र बीउ परिवर्तन नगरी खेती किसानी गर्ने किसानले यस्तो समस्या भोग्नु परेको जानकारी गराए । आउँदो वर्ष यस्ता समस्या आउन नदिन बीउ परिवर्तन गरेर उन्नत जातको धान खेती र रैथाने बीउ प्रवर्धन कार्यक्रम स्वीकृत भएर आएको जानकारी गराउदै उनले अर्को वर्ष यस्तो समस्या नदोहोरिने बताए ।

त्यसैगरी धान र गहुँ खेती मात्र हुँदै आइरहेको बैतडीको पाटनमा तरकारी खेती प्रवर्धनका लागि नगरपालिका र कृषि क्षेत्रमा काम गर्ने संस्थाको अगुवाइमा छ वटा टोल छनौट गरिएका छन् । पाटन नगरपलिकाका उपप्रमुख कमल बोहराले मङ्गलबार कृषि क्षेत्रमा काम गर्दै आइरहेका गैर सरकारी संस्था रुडेस बैतडीसँग अन्तरक्रिया गरेर धान काटिसके पछि गहुँ छर्नु अघि दुई महिना खाली रहेको खेतमा नमुना तरकारी खेती गर्ने विषयमा छलफल भएको बताउनु भयो ।

कृषि क्षेत्रमा काम गर्दै आइरहेको रुडेस बैतडीका पदाधिकारी र कृषि प्राविधिकलाई नगरपालिकामा बोलाएर खेतबारीको अवलोकन गरिएको बताउदै उनले धान काटिसकेपछि खाली रहने दुई महिनाको अवधिमा तरकारी खेती गर्ने तयारी भइरहेको जानाकरी गराए । पाटन नगरपालिकासँगको समन्वयमा तरकारी खेतीका लागि भकुडा, टुणीगैर, नगाडीवडा, सुकेली, मैतडा र लोर्खा टोल छनोट गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनु भयो ।

पाटन नगरपालिका, अक्सफाम नेपाल र रुडेस बैतडीको अगुवाइमा ग्रीन कार्यक्रम मार्फत रायो, बन्दा, मुला लगायतका तरकारी खेती लगाउने तयारी भइरहेको उनले जानकारी गराए । कार्यक्रमले भारतमा काम गर्ने आप्रवासी नेपाली मजदुरको घरपरिवारलाई प्राथमिकता दिएर निःशुल्क तकारीको बीउबीजन, पोलिहाउस र प्रविधि सिकाउने तयारी भइरहेको रुडेस बैतडीका कृषि प्राविधिक ललिता जोशीले बताउनु भयो ।

तरकारी खेतीबाट थोरै जग्गामा पनि धेरै आम्दानी गर्न सकिने वातावरण सिर्जना गरेर विदेश जाने युवालाई स्वदेशमै कृषि गर्न जागरुक बनाउने लक्ष्य रहेको ग्रीन कार्यक्रमका गोपाल भाटले जानकारी गराउनु भयो ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते