बैशाख २० बझाङ । बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर– १० जिपपार्कबाट शुक्लाफाँटा नगरपालिका वडा नम्बर–९ का ३२ वर्षीय पंकज चौधरीले चलाएको सुपप्र ००१ क २५५२ नम्बरको मिनि ट्रक भित्र रहेको ९ पेटी १० डण्डा नक्कली खुकुरी चुरोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
चालक चौधरी सहित ट्रक साहु बैतडीको पाटन नगरपालिका वडा नम्बर–२ का २१ वर्षीय हेमराज पाण्डेयलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई शनिबार वेलुकी प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उक्त ट्रक चेकजाँच गर्दा नक्कली खुकुरी चुरोट फेला पारि ट्रक, नक्कली चुरोट, ट्रक चालक र ट्रक साहु सहित दुवै जनालाई पक्राउ गरेको जानकारी गराएको हो ।
Post Views: 5


