बैशाख २० धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले धनगढीमा आयोजना गरेको प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रादेशिक कविता महोत्सव २०८३ शनिबार सम्पन्न भएको हो । कविता प्रतियोगितामा कैलालीकी नितिका अवस्थी प्रथम भएकी छिन भने,डोटीका डिल बहादुरमहरा द्वितीय र बैतडीका हिरा भट्ट तृतीय भएका छन ।
त्यसैगरी लवदेव धामी, हरिप्रिया जोशी, बिमला कडायत, खिमानन्द बडुले सान्त्वना पुरुषकार प्राप्त गरेका छन । कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने प्रतिष्पर्धीहरुलाई कार्यक्रमका सभापति र प्रमुख अतिथिले प्रमाण पत्र, नगद रकम र दोसल्ला ओढाई सम्मान गरेका थिए । कविता महोत्सवमा सह प्राध्यापक गणेश दत्त जोशी, डाः योगेन्द्र बजगाई, डाः तुलसी शर्मा, कवि निरञ्जना चन्द, जगदीश ओझा निर्णायक रहेका थिए ।
कविता महोत्सवमा ६ वर्ष देखि ८० बर्ष सम्मका उर्जावान कविहरूले विविध खाले कविता प्रस्तुत गरेका थिए । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी एन जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल रहेका थिए ।
त्यसैगरी सुदूरपश्चिम विश्व विद्यालयका भाषा तथा लोक साहित्य निर्देशक प्रा. डा. हरिशचन्द्र भट्ट, कवियत्री निरञ्जना चन्द निरु, वडा नंम्बर ४ का वडा अध्यक्ष बुद्धि बहादुर खड्का विशिष्ट अतिथि रहेका थिए ।
अतिथिहरुमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, कैलाली जनपुस्तकालयका अध्यक्ष शिव राज ओझा, पश्चिम टुडे मिडिया हाउसका सम्पादक खेमराज उपाध्याय रहेका थिए । कार्यक्रमका वक्ताहरुले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले साहित्य, संस्कृति, लोक भाषाका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताएका थिए ।
यस क्षेत्रका व्यक्तिहरुलाई साहित्य, संस्कृति, लोक भाषाका लागि प्रतिष्ठानले महत्वपूर्ण अवसर प्रदान गरेकोमा उनीहरुले प्रशंसा गरेका थिए । कार्यक्रममा विभिन्न कृतिहरुको लोकार्पण पनि गरिएको थियो । प्रादेशिक कविता महोत्सव २०८३ को संचालन के.पी कलौनीले गरेका थिए भने कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

