"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

No data was found

Khabar Raftar

बैशाख १७ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरेका छन् । एक हजार ६ सय २९ जना पुरुष र एक हजार पाँच जना महिला गरी चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरेका हुन । त्यसैगरी दुई हजार २ सय ७८ जना आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका छन ।

त्यसबाहेक सार्क मुलुकका ४९ जना महिला र एक सय ९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका ४९ जना महिला र ६३ जना पुरुष गरी एक सय १२ जना पर्यटकले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी गराएका छन । यस अवधिमा सबैभन्दा बढी गत चैत्रमा छ सय २१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

कात्तिकमा पाँच सय ८०, मङ्सिरमा दुई सय ९३, पुसमा तीन सय ७६, माघमा तीन सय ६९ र फागुनमा तीन सय ८६ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटनबाट १४ लाख ६७ हजार ४ सय ८६ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी वाग्लेले बताए । जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न थालेको उनले बताए ।

कोभिड महामारी पछि निकुञ्जँ आउने विदेशी पर्यटकको सङ्ख्यामा केही कमी आए पनि पछिल्ला वर्षहरूमा त्यो सङ्ख्या बढ्दै गएको छ ।“नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तु देखि विभिन्न वनस्पति पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे अध्ययन–अनुसन्धानसँगै अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गरेको वाग्लले बताए ।

निकुञ्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार ७ सय ६२ जनाले निकुञ्ज भ्रमण गरेको जानकारी गराउदै उनले जसमा एक सय ३२ जना विदेशी र एक सय १२ जना सार्क मुलुकका पर्यटक रहेको जानकारी गराए । आर्थिक वर्ष २०८१÷८२ मा तीन हजार ३ सय २२ जनाले निकुञ्ज भ्रमण गरेकोमा त्यसमा एक सय ९९ जना सार्क मुलुकका र एक सय ५२ जना त्यसबाहेकका मुलुकका विदेशी पर्यटक रहेको उनले बतए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताए । “शुक्लाफाँटाको प्रचार प्रसार गरी उल्लेख्य पर्यटक भित्र्याउन सकिने बताउदै उनले जैविक विविधताबारे व्यापक प्रचार प्रसार गर्न आवश्यक भएको बताए ।

प्रचार प्रसारका लागि सबैले सहयोग गर्नुपर्ने बतउदै उनले तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिने गरेको बताए । निकुञ्जमा दुई हजार ३ सय २३ भन्दा बढी बाह्रसिङ्गा रहेको बताइएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न