बैशाख ०४ धनगढी । महिला माथि हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि (ऋभ्म्ब्ध्) को सातौं आवधिक प्रतिवेदन (२०२५) बाट नेपाल सरकारलाई प्राप्त भएका सिफारसहरुका बारेमा सरोकारवालासँग प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहीबार दलित महिला संघ फेडो कैलालीले धनगढीमा ओजना गरेको महिला माथि हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि (ऋभ्म्ब्ध्) को सातौं आवधिक प्रतिवेदन (२०२५) बाट नेपाल सरकारलाई प्राप्त भएका सिफारसहरुका बारेमा सरोकारवालासँग प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
“समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद“भन्ने मुल नारका साथ आयोजीत उक्त कार्यक्रममा दलित महिला संघ फेडोकी संस्थापक अध्यक्ष दुर्गा सोपले सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धिको सातौं आवधिक प्रतिवेदन (२०२५) बाट नेपाल सरकारलाई प्राप्त भएका सिफारसहरुका बारेमा जानकारी गराएकी थिईन । संस्थापक अध्यक्ष सोपले महिलामाथी हुने सबैखाले विभेद उन्मुलन महासन्धी,घरेलु कानुन र अन्तराट्रिय कानुनका बारेमा जानकारी गराएकी थिईन ।
सन् १९७९, डिसेम्बर १९मा संयुक्त राष्ट्रसंघ महासभाद्वारा अपनाइएको ऋभ्म्ब्ध् संयुक्त राष्ट्र संघको सन्धि प्रणालीको मुख्य अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरू मध्येको एक भएको उनले जानकारी गराईन । अझै महिला हिंसा नरोकिएको बताउदै उनले सबै पक्ष जिम्मेवार लाग्नु पर्ने बताईन । सरकारले पनि अपनत्व लिनु पर्ने बताउदै उनले नेपालको बिकास बजेटको ६० प्रतिशत दाताहरुले बनाउने गरेको पाइएको बताईन ।

जनता प्रती उत्तर्दायी भयर काम गर्न सरकार सचेत हुनु पर्ने बताउदै उनले सबै खाले विभेद हिंसको अन्त्यका लागी कानुन कार्यान्वयनमा जोड दिनु पर्ने बताईन । कार्यक्रममा सहभागी ओरेक नेपालकी गिता चौधरीले राम्राकुरालाइ समर्थन गर्नु पर्ने बताउदै समस्याको समाधान खोज्नु पर्ने बताईन । निती विना काम गर्न असहज भएको बताउदै उनले निती बनाउने तर्फ ध्यान जानु पर्न बताईन । सुधार आवश्यक भएको बताउदै उनले मुख्य मान्छे बोलायर योजना बनाउने काम हुदै आएकाले यसलाई बे्रक गर्नु पर्ने बताईन ।
महिलाको प्रजनन स्वास्थ्यको बिषयमा पनि आवाज उठाउन जरुरी भएको बताउदै उनले समस्याको निराकरण गर्न महिला हिम्सा रोकिनु पर्ने बताईन । त्यसैगरी गौरीगंगा नगरपालीका वडा नम्बर ८ की दलित महिला सदस्य कल्पना बिकले सानै उमेरमा बिबाह गर्दा हुने समस्याको अन्त्य गर्न बाल विबाहलाई रोक्नु पर्ने बताईन । बाद विवाहलाई रोक्ने काम भैरहेको बताउदै उनले दलित महिला सङ्घले पनि बाल विवाह रोक्न काम गरीरहेको बताईन ।
त्यसैगरी नेपाल अपाङग महा संघ सिदूरपश्चिम प्रदेशका महासचिव नन्दराज भट्टले सवाल्लाइ सरकार समक्ष पुर्याउन सक्नु पर्ने बताउदै अभिलेखिकरण समेत गरिनु पर्ने बताईन । त्यसैगरी मुख्य मन्त्री कार्यालयकी लक्षिमी जोशीले अपाङता महिलाहरुको सिक्षाको सवालमा ध्यान दिनु पर्ने बताईन । दक्ष जन शक्तिको अभाब भएको बताउदै उनले शिक्षामा जोड दिनु पर्ने बताईन । बजेट नीति र योजना सङग जोडेर समन्वय गरी शिक्षामा जोड दिनु पर्ने उनले बताईन ।
त्यसैगरी सामजिक बिकास मन्त्रालयकी प्रतिभा श्रे्रष्ठले महिलाहरुको अधिकार सुनिस्चित गर्न कानुन बनेको भए पनि कार्यान्वयनमा आउन नसकदा समस्या भएको बताईन । महिलहरुमा पनि बिभेदिकरण भएको बताउदै उनले सबै मिलेर अन्त्य गर्न लाग्नु पर्ने बताईन । वास्तविक बर्ग समुदायको सहभागीता बढाउन जरुरी भएको बताउदै उनले ग्रामिण क्षत्रलाई प्रथामिक्तामा राखेर काम गर्नुका साथै गाउ केन्द्रित हुनु पर्ने बताईन ।
त्यसैगरी धनगढी उपमहानगपालीका वडा नम्बर ३ की दलित महिला सदस्य अन्जु मगरातीले कार्यक्रमकाट सिडको बारेमा जानकारी भएको बताईन । दलित महिलाहरु अझै पछाडी रहेको बताउदै उनले यस्ता अन्र्तराष्ट्रिय कानुनबारे जानकारी राख्न जरुरी भएको बताईन ।
त्यसैगरी कार्यक्रम्मा सहभागी कुसुम बिसिले युबाहरु पनि धेरै प्रकारका भएको बताउदै बर्गीकरण गरेर काम गरिनु पर्ने बताईन । कानुन कार्यान्वयन गरी समजमा रहेको महिला हिंसाको अन्त्य गरिनु पर्ने उनले बताईन । कार्यक्रमको सञ्चालन सिर्जना बिस्वकर्माले गरेकी थिईन । स्थानिय पालिका देखि संघ सम्म सबैले जिम्मेवार भएर काम गर्न सके सबै खाले विभेद र हिंसाको सहजै अन्त्य गर्न सकिने बताइन ।



