"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

No data was found

Khabar Raftar

बैशाख ०४ धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले ७१ वटा आयोजनालाई बहुवर्षीय श्रोत सहमति दिएको छ । ५ अर्ब १५ करोड ४३ लाखका ७१ वटा आयोजनालाई आर्थिक वर्ष २०८२÷८३ देखि आर्थिक वर्ष ०८५÷०८६ सम्म सम्पन्न गर्ने गरी आर्थिक मामिला मन्त्रालयले स्रोत सहमति दिएको हो । आर्थिक मामिला मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उक्त आयोजनाहरू चालु आर्थिक वर्ष भित्रै ठेक्का लगाएर आर्थिक वर्ष ०८५÷०८६ सम्म सम्पन्न गर्न स्रोत सहमति दिइएको छ ।

जसमा सडकका २१, पुलका १९, झोलुङ्गे पुलका १२, खानेपानीका १६, सिँचाइका २ र भवनको १ आयोजना रहेका छन् । जसमा कैलालीको गोदावरी नगरपालिकामा २ वटा झोलुङ्गे पुल परेका छन् । हाटखोलि झोलुङ्गे पुल र गोदावरी धाम जोड्ने गोदावरी नदीमा झोलुङ्गे पुललाई बहुवर्षीय श्रोत सहमति दिएको छ । जसका लागि कुल ४ करोड ७२ लाख बजेट अनुमान गरिए पनि चालु आर्थिक वर्षमा भने दुवै पुलका लागि २५ लाख मात्रै विनियोजन गरिएको छ ।

बाँकी रकम मध्ये आर्थिक वर्ष २०८३÷०८४ मा २ करोड २३ लाख ५० हजार र आर्थिक वर्ष २०८४÷०८५ मा पनि २ करोड २३ लाख ५० हजार विनियोजन गर्नुपर्ने गरी स्रोत सुनिश्चित गरिएको जनाइएको छ । उक्त योजना कार्यान्वयनको लागि यातायात पूर्वाधार निर्देशनालय राजपुर डोटीलाई तोकिएको छ । ७१ वटा आयोजनालाई श्रोत सहमति दिइए पछि चालु आर्थिक वर्षमा भने ९२ करोड १५ लाख ५० हजार रुपैयाँ मात्रै विनियोजन गरिएको छ ।

बाकी रकम मध्ये आर्थिक वर्ष २०८३÷०८४ मा २ अर्ब पाँच करोड ३७ लाख ८० हजार, आर्थिक वर्ष २०८४÷०८५ मा पनि २ अर्ब पाँच करोड ३७ लाख ८० हजारका आर्थिक वर्ष २०८५÷८६ मा १२ करोड ५० लाख रुपैयाँ विनियोजन गर्नुपर्ने गरी स्रोत सुनिश्चित गरिएको छ । आर्थिक मामिला मन्त्रालयले सुदूरपश्चिम प्रदेश बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड २०८२ को दफा ५ (१) बमोजिम डिपिआर, डिटेल स्टिमेट, र ड्रइङ लगायतका तयारी पुरा भइसकेका आयोजना स्रोत सुनिश्चितता दिएको आर्थिक मामिलाले जनाएको छ ।

यद्यपि, चालु आर्थिक वर्षमा सुरु विनियोजन भन्दा बढी दायित्व सिर्जना भएमा थप बजेट निकासा दिन नसकिने आर्थिक मामिलाले जनाएको छ । आर्थिक मामिलाले गत आर्थिक वर्षमा पनि भौतिक पूर्वाधारलाई ४ अर्ब ९३ करोड ४० लाख रुपैयाँको ८५ योजना बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितता दिएको थियो ।

स्रोत सहमति प्राप्त भएका आयोजनाहरूमा उल्लेख भएको रकम तत्तत् आर्थिक वर्षहरूको अनिवार्य विनियोजन हुनुपर्ने सर्तअनुसार गत वर्ष स्रोत सहमति पाएका ८५ वटा आयोजनामा २ अर्ब २८ करोड ३४ लाख रुपैयाँ विनियोजन हुनुपर्ने भए पनि प्रदेश सरकारले उक्त आयोजनाहरूमा चालु आर्थिक वर्षमा ८१ करोड ३० लाख ४५ हजार मात्रै विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा ५१ योजना थपिए सँगै सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेका बहुवर्षीय आयोजनाको सङ्ख्या अढाई सय भन्दा बढी पुगेको छ भने आर्थिक दायित्व पनि १३ अर्ब ७० करोड ७० लाख रुपैयाँ भन्दा बढी पुगेको छ । पुराना बहुवर्षीय आयोजना सम्पन्न नहुने र नयाँ बहुवर्षीय आयोजना थपिँदै जाँदा प्रदेश सरकारलाई पूर्वाधार विकासमा मात्रै वार्षिक बजेटको आधाभन्दा बढी विनियोजन गर्नुपर्ने बाध्यता थपिँदै गएको छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते