"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान

No data was found

Khabar Raftar

बैशाख ०३ धनगढी । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी गुल्मभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितलाई आक्रमण गरेको घटनामा संलग्न एक जनालाई अदालतले कारागार चलान गर्न आदेश दिएको छ ।

जिल्ला अदालत कैलालीले बिहीबार थुनछेक बहस पछि टीकापुर नगरपालिका वडा नम्बर–९ का ४० वर्षीय रामबहादुर साउदलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । अदालतको आदेश लगत्तै उनलाई सोही दिन कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले डीएसपी पौडेलले साउद सहितका व्यक्तिविरुद्ध अपराधिक उपद्रव मुद्दा दर्ता गराएको जानकारी गराउदै उक्त घटनामा साउद सहित अन्य पाँच जनाविरुद्ध किटानी जाहेरी लर्ता भएको बताए ।

हाल फरार रहेका टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का तथा भारतको लखिमपुरखिरी निवासी रशिद आलिखानको खोजी भइरहेको उनले जानकारी गराए ।

घटनाको पृष्ठभूमि हेर्दा सशस्त्र प्रहरीले जिएसटी बिल र भारतीय भन्सार पास भएका टीकापुरका व्यवसायीका सामान जफत गरेपछि विवाद उत्पन्न भएको थियो ।

सोही विषयमा आपत्ति जनाउँदै टीकापुर उद्योग वाणिज्य संघको टोली छलफलका लागि गुल्म पुगेका बेला विवाद चर्किँदै डीएसपी सहितका सुरक्षाकर्मीमाथि आक्रमण गरिएको थियो ।

घटना पछि सशस्त्र प्रहरीले बिल–बिजक परीक्षण गर्दा कागजात सही भेटिए पछि उद्योग वाणिज्य संघमार्फत सम्बन्धित व्यवसायीलाई सामान फिर्ता गरिएको थियो । घटनाका क्रममा ड्युटीमा खटिएका डीएसपी सहितका सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानेर छानबिन प्रक्रिया पनि अघि बढाइएको छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते