"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द

No data was found

Khabar Raftar

बैशाख ०२ बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ स्थित सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द भएको छ । स्थानीयस्तरमा जलविद्युत् आयोजनाको प्राबिधिक व्यवस्थापन गर्न नसक्दा सुर्नयागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको हो । आयोजनाको एडीआर प्रणालीमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार, सुर्नयागाड जलविद्युत आयोजनाबाट एक सय किलोवाट विद्युत उत्पादन हुँदै आएको भएपनि बीचमा प्राबिधिक समस्या आएका कारण सुर्नयागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको हो । एक सय किलोवाट विद्युत उत्पादन गर्दै आएको उक्त विद्युतको एडीआर प्रणालीमा समस्या आएकाले विद्युत उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख अषेश्वर शाहले जानकारी गराए ।

यस अघी २ सय किलोवाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना २०७९ जेठदेखि बन्द रहेको थियो । २०८० माघदेखि एक सय किलोवाट विद्युत उत्पादन शुरु गरिएको भएपनि विद्युत प्रणालीमा समस्या आएपछि फेरि बन्द भएको हो । २०७९ जेठ १४ गतेदेखि पूर्ण रुपमा बन्द रहेकोमा विद्युत गृहले मर्मत गरी सञ्चालन गर्नका लागि विद्युत प्राधिकरणको आयोजना विकास विभाग र विद्युत वितरण केन्द्र बैतडीको प्राविधक टोलीले स्थलगत अनुगमन समेत गरेको थियो ।

२ सय किलोवाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना पूर्ण रुपमा बन्द रहेकाले त्यसलाई सञ्चालन गर्नका लागि पहल शुरु गर्न उक्त स्थलगत अनुगमन गरिएको भएपनि आयोजनाको नहर र अन्य संरचना सहित प्राबिधिक सिस्टममा समस्या आएपछि सुर्नयागाड जलविद्युत आयोजना बन्द भएको केन्द्र प्रमुख शाहले बताए । सुर्नयागाड जलविद्युत आयोजना संचालन गर्न तत्काल मर्मत गर्न सकिने अवस्था नरहेको उनले बताए । नहर मर्मत गरेर बन्द रहेको आयोजना सञ्चालनमा ल्याउनका लागि पहल गरिने उनले बताए ।

तत्काल आयोजना सञ्चालनका बिषयमा पहल गर्ने बताउदै उनले पूर्ण क्षमतामा सञ्चालनका लागि चमेलिया जल विद्युत आयोजना संग समन्वय गरेर प्राविधिक टोलीले अध्ययन गर्ने बताए । सुर्नयागाड जलविद्युत आयोजनाबाट केहि बर्षदेखि विद्युत उत्पादन बन्द भएकाले उपकरणहरुमा समेत समस्या हुन सक्ने उनले बताए । केहि उपकरणमा पुर्ण समस्या आएकाले प्राबिधिक टोलिको अध्ययन पछि उपकरणले साथ दिएमा पुर्ण उत्पादनका लागि पहल हुने विद्युत वितरण केन्द्र बैतडीका प्राबिधिक प्रमुख माधव प्रसाद लेखकले बताए ।

विद्युत गृहको मर्मत गरी सञ्चालन गर्नका लागि विद्युत प्राधिकरणको आयोजना विकास विभाग र विद्युत वितरण केन्द्र बैतडीको प्राविधक टोलीले गरेको स्थलगत अनुगमन प्रतिवेदन अनुसार आयोजना सञ्चालनका बिषयमा काम अघि बढ्ने बताइएको छ । बैतडीको सुर्नया नदीमा सञ्चालित अधिकांश लघु जलविद्युत आयोजना बन्द रहेका छन् ।

आयोजना बन्द हुँदा दुर्गम बस्तीका नागगरिक अन्धकारमै बस्न बाध्य भइरहेकाले दुई सय किलोवाटको सुर्नयागाड जलविद्युत सञ्चालनमा आए सहज हुने विद्युत वितरण केन्द्र पाटनका युनिट इन्चार्ज अर्जुन ऐरीले बताए । पछिल्लो समय प्राबिधिक व्यवस्थापनको अभाव लगायतका समस्याका कारणले जिल्लाभरिका लघुजलविद्युत् आयोजना धमाधम बन्द हुँदै गएको उनले बताए ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते