बैशाख ०२ धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले एक महिनाको अवधिमा २८ जनाले आत्महत्या गरी ज्यान गुमाएको जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै एक महिनामा २५ जनाले झुन्डिएर र ३ जनाले विष सेवन गरी २८ जनाले आत्महत्या गरेको जानकारी गराएको हो ।
ज्यान गुमाउनेमा पुरुषको सङ्ख्या बढी रहेको जाकारी गराईएको छ । उक्त अवधिमा १४ जना पुरुष १० जना महिला १ जना बालक र ३ जना बालिकाले आत्महत्या गरेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी गराए ।
ज्यान गुमाउनेमा १० देखि २० वर्ष उमेर समूहका ६ जना, २१ देखि ३० वर्ष उमेर समूहका ११ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ६ जना, ४१ देखि ५० वर्ष उमेर समूहका १ जना र ५० भन्दा माथिका ४ जना रहेको उनले जानकारी गराएका छन ।


