"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बलात्कारीलाई फाँसिको सजाय दिने कानुन बनाउन माग

No data was found

Khabar Raftar

चैत्र १० धनगढी । बलात्कार पछि हत्याका घटनाबढ्दै गएको अबश्थामा बलात्कारीलाई फाँसिको सजाय दिने कानुन बनाउन महिलाहरुले माग गरेका छन । मंगलबार दलित महिला संघ फेडो कैलालीले स्थानीय स्तरमा लैंगिक हिंसा,जातीय तथा सामाजिक विभेद विरुद्ध बहुसरोकारवालाहरूसँग गरिएको छलफल चौतारी कार्यक्रम्का सहभागी महिलाहरुले बलात्कारीलाई फाँसिको सजाय दिने कानुन बनाउन माग गरेका हुन ।

मंगलबार धनगढी उप–महानगरपालिका वडा नम्बर–३ को सभाहलमा आयोजना गरिएको छलफल चौतारी कार्यक्रम्मा सहभागी रुपा गिरिले बलात्कार पछि हत्याका घटना बढ्दै गएको बताउदै बलात्कार र हत्या जस्तो गम्भिर अपराधलाई रोक्न लात्कारीलाई फाँसिको सजाय दिने कानुन बनाउन माग गरिन ।

बलात्कार पछि हत्याका घटना बढ्दै गएको बताउदै उनले फासिको कानुन बने मात्र बलात्कारका घटनामा कमी आउने बताईन । त्यसैगरी कार्यक्रममा सहभागी मैना बोहोराले सामाजिक सन्जालका कारण पनि हत्या हिंसा र बलात्कार जस्ता अपराधहरु बढ्दै गएको बताउदै समाजीक सञ्जाललाई नियमन गर्नुका साथै बलात्कारीलाई फासि हुने कानुन निर्माण गरिनु पर्ने माग गरिन । उनले समाजीक सञ्जालका कारण बाल बिबाह समेत बढ्दै गएको बताईन ।

त्यसैगरी “समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद“ भन्ने मुलनाराका साथ आयोजीत कार्यक्रमकी अर्की सहभागी तारा श्रीमालले जतिय बिभेद बढ्दो क्रम्मा रहेको बताउदै जातीउय विभेद गर्नेलाई कानुनी कारबाही हुनु पर्ने बताउदै बलात्कार र हत्या जस्तो घटनामा सरकारले फासिको सजाय हुनेगरी कानुन संशोधन गर्न माग गरिन । त्यसैगरी बिमला तामाङले छाउपडी प्रथा महिलाहरुका लागी मृत्युको कारण बन्दै गएको बताउदै छाउप्रथा उन्मुलन गर्न सोच परिबर्तन गर्ने सचेतना कार्यक्रम आवश्यक भएको बताईन ।

त्यसैगरी कार्यक्रमकी सहभागी रुपा गीरीले छोरी गर्भ देखि नै असुरक्षित भएको बताउदै बलात्कारका घटनामा फासिको कानुन बनाउन माग गरिन । त्यसैगरी समाज सेवी बोधराज चौधरीले समस्या शिक्षामा भएको बताउदै नैैतिक शिक्षा आवश्यक भएको     बताए । बिदेसी शिक्षाको सिको गर्दे नैतिक शिक्षा विर्सदै गएकाले हत्या, हिंसा, बलात्कार र जातीय विभेद जस्ता घटनाहरु बढ्दै गएको बताए । शिक्षाको अभावका कारण लागु औषधका घटनाहरु पनि बढ्दै गएको बताउदै उनले ब्याबहारिक शिक्षा आजको आवश्यकता भएको बताए ।

त्यसैगरी कार्यक्रममा कानुन सम्बन्धी जानकारी दिदै आफ्नो प्रस्तुती राखेका अधिबक्ता गणेश कडायतले नेपालमा फासिको कानुन बनाउन सक्ने अबश्था नरहेको बताए । उनले महिला हिंसा, बाल विबाह, जातीय विभेद र छाउपडी बार्ने विषयमा कानुनमा भएका सजायका ब्याबश्था बारे जानकारी गराएका थिए ।

कार्यक्रमकी प्रमुख अथिती तथा वडा नम्बर ३ की दलित महिला सदस्य मन्जु मगरातीले बढ्दो लागौ औषध सेवन,बलात्कार, महिला हिंसा र जातीइ विभेदका घटनाहरु कसरि निराकरण गर्न सकिन्छ भनेर योजना बनाई बजेट छुट्यायर यस्तै छलफल चौतारी सञ्चालन गरेर समस्याको समाधानका लागी पहल गर्ने प्रतिबद्धता जाहेर गरिन ।

कार्यक्रमकी सभाअध्यक्ष तथा दलित महिला संघ फेडोकी केन्द्रिय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष सविना सुनारले २०५८ साल देखि दलित महिला संघले महिलाहरुको सवालमा क्षमता अभिबृद्धी कार्यक्रम सञ्चान गर्दे आएको बताईन । समाबेसिताको सवालमा समूह गठन गर्दै अधिकारका सवालमा आवाज उठाउन प्रेरित गर्दे आएको सुनारले बताईन ।

छलफल चौतारिको अर्थ सबैलाइ समेटेर समस्याको समाधान गर्नु भएको बताउदै उनले शिक्षक जस्तो वकिल जस्तो मान्छेले जातीय विभेद गरेका उदाहरणहरु भएको बताईन । मान्छेहरुको मानसिकता परिबर्तन नभए सम्म पढेरपनि पवभेदको अन्त्य नहुने बताउदै उनले मानसिकता परिबर्तन नभए सम्म टोल छिमेक र समाज परिबर्तन गर्न सम्भब नहुने बताईन ।

बलात्कार पछि हत्या घटनजामा सबै भन्दा बढी दलित बालबालिका मारिएका घटनाहरु भएको बताउदै उनले बलात्कारका घटनामा कानुनमा कडाई गर्न आवश्यक भएको बताईन । सरकार बाटै विभेद हुने गरेको बताउदै उनले ८ मार्च मनाउन सक्ने सरकारले २१ मार्च किन मनाउदैन भनेर प्रश्न गरिन । आगामी दिनहरुमा २१ मार्च पनि सरकारी स्तरबाट मनाएर विभेदको खाडल पुर्न उनले आग्रह गरिन ।

त्यसैगरी दलित महिला संघ फेडोका कार्यक्रम संयोजक विनोद घिमीरेले कानुनको अज्ञानता क्षम्य नहुने बताउदै कानुनका बारेमा सबैले जानकारी राख्नु पर्ने बताउदै महिलाहरु हरेक कुरामा सक्षम हुनु पर्ने बताए ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते