"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खैरो हेरोइन सहित तीन जना पक्राउ

No data was found

Khabar Raftar

माघ २८ धनगढी । केलालीका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ र राती छुट्टाछुट्टै स्थानमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

कैलालीको टिकापुर नगरपालिका वडा नम्बर–९ खक्रौलाबाट ३ ग्राम ९ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लम्कीचुहा नगरपालिका वडा नम्बर–१ बस्ने २८ वर्षीय सन्तोष खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जानकारी गराएको छ । त्यसैगरी गोदावरी नगरपालिका वडा नम्बर–२ अत्तरिया स्थित बसपार्कबाट ५ सय ६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित दार्चुला जिल्ला, लेकम गाउँपालिका वडा नम्बर–४ बस्ने २८ वर्षीय राजेन्द्र पाललाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो । त्यसैगरी, लम्कीचुहा नगरपालिका वडा नम्बर–३ चिसापानीबाट २ सय २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित भारतको उत्तराखण्ड प्रदेश, चम्पावत जिल्ला, पूर्णागिरी नगरपालिका बनबासा बस्ने ३० वर्षीय हर्दिप चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगरबाट नेपालगञ्जतर्फ जाँदै गरेको डीएल ६ एसबिसी ५१०० नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा उक्त पदार्थ भेटिएको प्रहरीले जनाएको हो । पक्राउ गरिएका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न