"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरका नौवटा पालिकामा उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण

No data was found

Khabar Raftar

पौष १८ कञ्चनपुर । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र महेन्द्रनगरले कञ्चनपुरका नौवटा पालिकामा कृषि पकेट क्षेत्र निर्धारण गरेको छ । पकेट क्षेत्र मार्फत निश्चित भौगोलिक क्षेत्रमा विशेष बाली तथा उत्पादनलाई प्राथमिकता दिई आधुनिक कृषि प्रविधि, सिँचाइ सुविधा, उन्नत बीउबिजन र प्राविधिक सहयोग उपलब्ध गराउने गरी कृषि ज्ञान केन्द्रले कञ्चनपुरका नौवटा पालिकामा कृषि पकेट क्षेत्र निर्धारण गरेको हो ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउँदले कृषि पकेट क्षेत्र निर्धारण गरेको जानकारी गराउदै किसानलाई अनुदान तथा परम्परागत खेती प्रणालीलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताए । ’चालु आर्थिक वर्षमा कञ्चनपुरमा स्थानीय तह कृषि विशेष पकेट क्षेत्रका लागि प्रत्येक पालिकामा ४० लाख बजेट विनियोजन गरिएको सूचना अधिकारी साउँदले बताए ।

यसले उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा गरेको बताउदै उनले केन्द्रले भीमदत्त नगरपालिकालाई केरा पकेट क्षेत्र निर्धारण गरेकोे बताए । बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पूर्नवास नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई आलु पकेट क्षेत्र निर्धारण गरिएको जानकारी गराउदै साउँदले कृष्णपुर नगरपालिकालाई तरकारी पकेट क्षेत्र निर्धारण गरिएको बताए ।

त्यसैगरी लालझाँडी गाउँपालिका दलन पकेट क्षेत्र, बेलौरी नगरपालिका तोरी पकेट क्षेत्र र बेल्डाँडी गाउँपालिका आलु पकेट क्षेत्र निर्धारण गरिएको उनले बताए । ’तीनवर्षे कार्यक्रम अन्तर्गत यो कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउदै सूचना अधिकारी साउँदले आलु पकेट क्षेत्रका किसानका लागि कोल्डस्टोरको समेत व्यवस्था गरिएको बताए । आलु पकेट क्षेत्र रहेको पुनर्वासमा दुईवटा कोल्डस्टोर रहेको उनले बताए ।

त्यसैगरी बेदकोट नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा कोल्डस्टोर सञ्चालनमा रहेका छन् । पकेट क्षेत्र प्रणालीले लागत घटाई उत्पादन बढाउन र आय आर्जनमा वृद्धि गर्न सहयोग पुग्ने किसानले अपेक्षा गरेका छन । कार्यक्रमले व्यावसायिक रूपमा कृषिमा लागेका किसानलाई प्रोत्साहन गरेको स्थानीइ किसान खुसी रानाले बताए । केन्द्रबाट पाउने अनुदान र प्राविधिक सहयोगले सहज हुनाका साथै राहत पुगेको उनले बताए ।

एक दशकदेखि तरकारीखेती गर्दै आएका रानाले पकेट क्षेत्र विशेष कार्यक्रमले प्रविधिमा पहुँच बढ्ने र उत्पादनले सुनिश्चित बजार पाउनेमा ढुक्क भएको बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट चालु आर्थिक वर्षमा पालिका विशेष उत्पादन कार्यक्रमका लागि पकेट क्षेत्र निर्धारण गरिएको वरिष्ठ पशु विकास अधिकृत श्यामसिंह खड्काले जानकारी   दिए । उनका अनुसार सातवटा पालिकालाई भैँसीपालन र दुईवटा पालिकालाई बाख्रापालन विशेष कार्यक्रमका रूपमा तोकिएको छ ।

कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकालाई भैँसीपालन पकेट क्षेत्र निर्धारण गरिएको जानकारी गराउदै खड्काले लालझाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा बाख्रा पकेट क्षेत्रका लागि बजेट विनियोजन गरिएको बताए ।

वरिष्ठ पशु विकास अधिकृत खड्काले’पुनर्वास र भीमदत्त नगरपालिकामा क्रमश ६० र ५० लाख बजेट आएको बताउदैे अन्य पालिकाका लागी ४० लाख बजेट रहेको बताए । उनले सम्भावना देखिएका पशुपन्छीको उत्पादनका क्षेत्रलाई विशेष क्षेत्रका रूपमा निर्धारण गरी व्यावसायिक कृषिको विकास गर्ने लक्ष्य अनुसार कार्यक्रम सञ्चालन गरिएको बताए ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते