"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै

No data was found

Khabar Raftar

कार्तिक ०९ बैतडी । बैतडीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै गएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै गएको हो ।

जिल्ला निर्वाचन कार्यालयले बैतडीले मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै गएको जनाएको हो । गत असोज ९ गते देखि अहिले सम्म ३ सय १ जनाले मतदाता नामावलीमा नामदर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी गराए ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा युवा उमेर समूहका नागरिक बढी रहेको उनले जानकारी गराए । कात्तिक २८ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जोशीले बताए । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार बैतडीमा १८ बर्ष पूरा भएका १ लाख ५४ हजार २ सय १६ जना मतदाता रहेका छन् ।

जसमध्ये ७६ हजार ८ सय ३४ जना महिला, ७७ हजार ३ सय ८० जना पुरुष र अन्य दुई जना रहेका छन्  । गएको प्रतिनिधि सभा निर्वाचन २०७९ मा बैतडीमा एक लाख ५० हजार १ सय ५६ जना मतदाता रहेका थिए । उक्त निर्वाचनमा ७८ हजार ३ सय ६९ (५२ प्रतिशत) मत खसेको थियो ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचन भन्दा आउने प्रतिनिधि सभा निर्वाचनमा मतदाता सङ्ख्या बढ्ने देखिएको छ । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वटा वडा रहेका छन् ।

भर्खरै

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ
बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द
कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै
कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए
दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो
कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ
सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो
बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश
कैलालीको राजकाँडामा जाल्पादेवी केबलकारकोे काम सुरु
सुदूरपश्चिमका ७ वटा जिल्लामा खेलकुद समिति अध्यक्ष नियुक्त

धेरै कमेन्ट गरिएको

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

patan-Surnaya-Jalbidhut-aayojana-baitadi-1775980447

बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द

Untitled-7-768x384

कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

Jilla-prahari-kailali

कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए

kamki-band

दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो

pakrau-1

कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ

Untitled-27-768x408

सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो

fbc15a0f-03cd-46ae-b137-1b12823f06b9

बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश