"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दैजी – जोगबुढा सडक निर्माणको काम सुस्त

No data was found

Khabar Raftar

चैत्र २२ कञ्चनपुर । कञ्चनपुरको दैजी देखि डडेल्धुराको जोगबुढा जोड्ने सडक निर्माणको काम सुस्त गतिमा अघि बढेको छ ।
तीन वर्ष अघि २१ करोडमा ठेक्का भएको उक्त सडकको निर्माणको काम सुस्त गतिमा अघि बढेको हो । एसियाली विकास बैंकको अनुदानमा गत वर्षबाट निर्माण थालिएको सडकको् अहिले सम्म नौ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ ।
महेन्द्रनगरस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगीले गत वर्ष पुषमा शिलान्यास भई निर्माणको काम अघि बढेको भए पनि सडक निर्माणको कार्यले गति लिन नसकेको स्विकार गर्दै दुई पटक आएको वर्षातका कारण पहिरा जाँदा बनेका संरचना भत्किनाका साथै लाखौँको क्षति पुगे पछि काममा ढिलाइ भएको बताए । उनले लिप्नासम्म १७ किलोमिटर भए पनि १६ किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरेको जानकारी गराउदै भत्केको संरचना बनाउन भेरियशनका लागि मन्त्रालय पठाए पनि स्वीकृति नहुँदा काममा ढिलाइ भएको बताए । केही समय निर्माण कम्पनीले भत्केका संरचना बनाउन अग्रसरता देखाए पनि झन्डै एक महिनायता सडक निर्माणको काम रोकिएको उनको जानकारी
गराए । दोस्रो पटक म्याद थप गर्दा पनि काम हुन नसकेको बताउदै उनले यही चैत मसान्तमा ठेक्का अवधि सकिन लागेको जानकारी गराए ।
केन्द्र सरकारको ससर्त अनुदानबाट सडक बनाउन लागिए पनि त्यसको कार्यान्वयन भने प्रदेश सरकारको जिम्मा भएको बताउदै उनले दैजी देखि डडेल्धुराको जोगबुढा सीमा नाकासम्म २२ किलोमिटर दुरी रहेको जानकारी गराए । वेदकोट ताल क्षेत्रसम्म सडकको अवस्था ठीक भए पनि त्यस भन्दा माथिल्लो क्षेत्रमा भने वर्षाका कारण धेरै ठाउँमा क्षति भएको बताउदै उनले डडेल्धुराको परशुराम नगरपालिका जोगबुढा क्षेत्रमा पनि सडक निर्माणको गति सुस्त भएको बताए ।
महेन्द्रनगरदेखि अत्तरिया हुँदै डडेल्धुराको दूरी १ सय ६५ किलोमिटर रुहेको छ भने दैजी–जोगबुढा हुँदै डडेल्धुरा सम्मको सडकको दुरी करिब ६५ किलोमिटर कम रहेको उनले जानकारी गराए । त्यसैगरी पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख श्यामबहादुर खड्काले कञ्चनपुर–डडेल्धुराको सीमाना लिप्ना देखि १७ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउदै भर्खरै चार किलोमिटर सडक कालोपत्रे भएको बताउनु भयो । उनले १७ किलोमिटर सडकलाई दुईवटा प्याकेजमा निर्माणको जिम्मा दिइएको जानकारी गराउदै गत कात्तिकमा आएको वर्षाले सडकमा क्षति पु¥याएको जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न