नेपाल सरकारले निशुल्क उपलब्ध गराउदै आएका औषधिहरु विरामीहरुले बाहीरबाट किन्नु पर्ने अबश्था छ । यस्ता औषधीहरुलाई सहज रुपमा उपलब्ध गराउन जरुरी छ । नेपाल औषधीका लागि परनिर्भर छ । तर पनि सरकारले उपलब्ध गराउदै आएका औषधीहरु किन निशुल्क पाईदैनन अनुगमन गर्न जरुरी छ ।
सामान्य कुकुरले टोके पछि लगाउने औषधी पनि किनेर लगाउनु पर्ने अबश्था छ । तर त्यही औषधी पहुच भएकाहरुले सहजै सरकारी अस्पतालबाट पाउने गरेका छन । तर सर्बसाधारणले बाहीरबाट किन्दै आएका छन । यस्तो अबश्थाको अन्त्य हुन जरुरी छ । धनगढीको सेती प्रदेशिक अस्पतालमा कुकुर विरालोले टोकेको औषधीलाई सहज रुपमा जनताले पाउने बन्दोबस्त मीलाउन जरुरी छ ।
अस्पतालबाटै निशुल्क औषधी लिएर सुई लगाउन पाउने गरी सुईलाई सबैको पहुँचमा बनाउन जरुरी छ । यो निशुल्क औषधी लुकाएर राख्नेलाई कारबाही गर्न जरुरी छ । नेपालको स्वास्थ्य सेवा विज्ञ विशेषज्ञ देखि सम्पन्न व्यक्तिका लागि भन्दा सर्वसाधारण नागरिकमा लक्षित छ । यस्तो अवस्थामा नेपालमा कतिपय जटिल अवस्थामा नभई नहुने औषधिको लागि सहजै औषधि प्राप्त हुने वातावरण अझै कायम छ ।
लक्षित बर्गले औषधी पाउनै मुश्किल छ । सर्वसाधारण नागरिकको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको उलंघन हुने गरेको छ । यस्ता विषयमा स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग गम्भीर हुनु जरुरी देखिन्छ । निशुल्क औषधी कहाँ र कसलाई वितरण गरिन्छ भन्ने विषयमा निगरानी गर्न जरुरी छ ।
सरकारी अस्पतालहरुमा सरकारले निशुल्क प्रदान गर्दै आएका औषधीहरु सर्बसाधारणले पाउदैनन । लक्षित बर्ग समुदायले निशुल्क औषधी पाउनको लागी सरकारी स्तरबाटै उचित ब्याबश्था मीलाउन जरुरी छ ।
सरकारले ध्यान दिई यस्ता कार्यहरुमा सम्लग्नहरुलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । औषधिहरु सहज र सरल ढंगबाट सर्बसाधारण नेपालीहरुले प्राप्त गर्न सक्नेगरी ब्याबश्था गर्न जरुरी छ ।
त्यसैले सरकारले निशुल्क प्रदान गर्दै आएका सबै औषधीहरु सर्बसाधारणले पाउन जरुरी छ । पहुचको आधारमा पाईने ब्याबश्थाको अन्त्य गर्नु पर्छ । सरकार सर्बसाधारण प्रति जवाफ देही हुन जरुरी छ ।
गरिव निमुखा विपन्न परिवारलाई यस्ता निशुल्क र्आषधीहरु सहज रुपमा पाउने बताबरण बनाउन जरुरी छ । निशुल्क औषधि सहज रुपमा उपलब्ध गराउन जरुरी छ ।

