"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित मुख्य पुजारी रहेको बैतडीको बनारसी मन्दिर राज्यबाट उपेक्षित

No data was found

Khabar Raftar

साउन २६ बैतडी । परापूर्व कालदेखि दलित समुदायका मुख्य पुजारी रहेको बैतडीको पाटन नगरपालिका वडा नम्बर–३ स्थित बनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर राज्यबाट उपेक्षित भएको छ ।

दलित समुदायका मुख्य पुजारी रहेर गैर दलित समुदायले समेत संयुक्त रूपमा पूजाआजा गर्ने यो मन्दिर राज्यबाट उपेक्षित भएको हो । मन्दिरका मुख्य पुजारी धीरे लुहारले मन्दिरमा न्यूनतम पूर्वाधार निर्माणका लागि पटक पटक राज्यका निकायलाई घचघच्याइँदा पनि उपेक्षा गरिएको बताए ।

उनले बल्लतल्ल मन्दिरमा पुग्ने बाटो निर्माण गरिएको भए पनि हाल बाटो पनि जीर्ण बनेको बताए । मन्दिर बने पनि अन्य संरचना नहुँदा पूजाआजा गर्न निकै समस्या हुने गरेको उनले बताए ।

मन्दिरको संरक्षणका लागि मन्दिर व्यवस्थापन समितिले स्थानीय सरकारसँगको सहकार्यमा १८ करोड ८० लाख लागतको डिपिआर बनाए पनि हालसम्म राज्यबाट १२ लाख मात्रै सहयोग भएको ज्योतिष आचार्य गणेश प्रसाद पन्तले बताए ।

मन्दिरको व्यवस्थापनका लागि गठित बनारसी धाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष तथा मन्दिरका पुजारी समेत रहेका पन्तले मन्दिरका आवश्यक पूर्वाधार निर्माणका लागि वडा देखि केन्द्र सम्म माग गरिए पनि सुनुवाइ नभएको बताए ।

‘दलित मुख्य पुजारी रहेको बनारसी मन्दिर अहिले सङ्कटमा रहेको बताउदै उनले यो मन्दिरको संरक्षणमा स्थानीय वडा सरकार देखि केन्द्र सरकार सम्मले विभिन्न प्रक्रिया अगाडी बढाउँदा पनि पहल नगरेको बताए ।

धामको बारेमा धेरै प्रचार प्रसार भए पनि धामको व्यवस्थापन नभएको बताउदै उनले ओझेलमा परेको बताए । सूर्नया नदीको वारी पारी मन्दिर रहे पनि नदीमा पुल नहुँदा निकै समस्या हुने गरेको बताउदै उनले नदीमा पुलका लागि पनि पटक पटक माग गर्दा सुनुवाइ नभएको बताए ।

पुल भएमा १० मिनेटमा पुगिने बाटोमा २ घण्टा हिँडेर पुग्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले २०७५ साल देखि मन्दिरको संरक्षणका लागि काम गर्दै आएको बताउदै हालसम्म ७५ फिट अग्लो मन्दिर निर्माण, अलिकति सिडी निर्माण, घेर पर्खाल निर्माण र मन्दिरको जिणोद्धारा लगायतको काम भएको बताए ।

उनले तत्काल मन्दिरमा पुल, बाटो, धर्मशाला, शौचालयको आवश्यकता रहेको बताए । उनले बनारसी धाम परापूर्व काल देखि नै दलित र ब्राह्मण एकै ठाउँमा पूजा गरिने एक मात्रै मन्दिर भएको बताउदै यो अदभूत मन्दिर भएको बताए ।

परापूर्व काल देखि दलित र ब्राह्मण एकै ठाउँमा पूजा गरिने एक मात्रै मन्दिर भएको बताउदै उनले मानव चन्दको पाला देखि नै यो परम्परा चलेको बताए । यो मन्दिरमा महेन्द्र राजाले समेत परम्परागत तरिकाले पूजाआजा गरेको उनले जानकारी गराए ।

मन्दिरमा बैतडी मात्रै नभएर भारतको कुमाउ, गढवाल, नैनीताल, पन्जाबबाट समेत मानिस आउने गरेको बताउदै उनले दलित समुदायका पुजारीले पूजा गर्ने यो मन्दिरमा हरेक वर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने परम्परा भएको बताए ।

माघ शुक्ल प्रतिपदाबाट पूजा सुरु भई दशमीका दिन मुख्य जात्रा मनाइने बताउदै उनले मन्दिरमा पूजा गरिसके पछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्ने चलन रहेको जानकारी गराए ।

भर्खरै

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ
बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द
कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै
कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए
दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो
कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ
सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो
बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश
कैलालीको राजकाँडामा जाल्पादेवी केबलकारकोे काम सुरु
सुदूरपश्चिमका ७ वटा जिल्लामा खेलकुद समिति अध्यक्ष नियुक्त

धेरै कमेन्ट गरिएको

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

patan-Surnaya-Jalbidhut-aayojana-baitadi-1775980447

बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द

Untitled-7-768x384

कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

Jilla-prahari-kailali

कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए

kamki-band

दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो

pakrau-1

कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ

Untitled-27-768x408

सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो

fbc15a0f-03cd-46ae-b137-1b12823f06b9

बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश