"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय राख्न माग

No data was found

Khabar Raftar

साउन २० अछाम । अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम क्षेत्र नम्बर १ को साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो ।

इलाका प्रशासन कार्यालय स्थापनाका लागि पूर्वप्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अछामका जनप्रतिनिधिहरुले छलफल गरेको जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले जानकारी गराए ।

पालिका, जिल्ला समन्वय, जिल्ला प्रशासन, हुँदै विभिन्न सङ्घीय मन्त्रालयबाट फाइल स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पुुगिसकेको उनले बताए । अर्थमा स्वीकृतिका लागि रोकिएको बताउदै उनले कार्यालयको भौतिक संरचनाका लागि प्रक्रिया पनि अघि बढाइएको र पूर्वप्रधानमन्त्रीबाट फोन गराएर छिटो गराइदिनु प¥यो भनेर अनुरोध गरेको बताए ।

जनताको घरदैलोमा सरल, सहज, सुलभ, झन्झट रहित एवं गुणस्तरीय सेवा प्रबाह गरेर सङ्घीयताको अनुभूति गराउन इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने माग राखिएको कुँवरले बताए ।

साँफेबगरमा इलाका प्रशासन कार्यालय नहुँदा जनतालाई सेवा लिन मङ्गलसेन धाउनुपर्ने बाध्यता भएकाले त्यसको अन्त्यका लागि पूर्वप्रधानमन्त्रीलाई भेट गरिएको समन्वय प्रमुख कुँवरले बताए ।

साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले जनतालाई सेवा लिन समस्या भइरहेकाले साँफेबगरमा इलाका प्रशासन कार्यालयको आवश्यकता देखिएको बताउदै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग राखिएको बताए । कुँवरले सोमवार पूर्वप्रधानमन्त्री देउवासँग छलफल गरेर इलाका प्रशासन कार्यालयको स्थापनाका लागि माग राखिएको बताए ।

भेटमा पूर्वप्रधान मन्त्री देउवाले थप छलफल गरेर मन्त्रीपरिषद्मा प्रस्ताव लैजानेका लागि पहल गर्ने प्रतिबद्धता जनाएको उनले बताए । नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्र लगायत अन्य कामका लागि मङ्गलसेन धाउनुपर्ने र महँगो हुने भएकाले जनतालाई सेवा सुविधा दिन इलाका प्रशासन कार्यालयको माग गरिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए ।

अछामको साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका गरी चार वटा पालिकाका बासिन्दालाई सहज रूपमा सेवा प्रवाह गर्न साँफेबगरमा इलाका प्रशासन कार्यालय आवश्यक रहेकाले सोही आवश्यकतालाई ध्यानमा राखी अगाडि बढेको उनले बताए ।

भेटघाट तथा छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोविन्द बहादुर शाह, जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवर, साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुँवर, चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउद, मेल्लेख गाउँपालिका उपाध्यक्ष नृपबहादुर खड्का लगायतका सरोकारवालाको उपस्थिति रहेको बताइएको छ ।

भर्खरै

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ
बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द
कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै
कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए
दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो
कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ
सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो
बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश
कैलालीको राजकाँडामा जाल्पादेवी केबलकारकोे काम सुरु
सुदूरपश्चिमका ७ वटा जिल्लामा खेलकुद समिति अध्यक्ष नियुक्त

धेरै कमेन्ट गरिएको

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

patan-Surnaya-Jalbidhut-aayojana-baitadi-1775980447

बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द

Untitled-7-768x384

कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

Jilla-prahari-kailali

कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए

kamki-band

दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो

pakrau-1

कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ

Untitled-27-768x408

सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो

fbc15a0f-03cd-46ae-b137-1b12823f06b9

बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश