अत्याधिक गर्मी बढेका बेला नेपाल बिधुत प्राधिकरणले गर्ने अघोषित लोडसेडिङका कारण नागरिकहरुले समस्या झेल्नु परेको छ । पानी नपरे पछि कैलालीमा तापक्रम उच्च भएको अबश्थामा गरिने विद्युत् कटौतिले आम नागरिकले समस्या झेल्नु परेको हो ।
विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेर स्थानीय नागरिकलाई सास्ती दिने काम गर्दै आएको मात्र होईन आवश्यक समयमा बत्ती नदिने र विजुलीको विल तीर्न ढिला भएमा २५ प्रतिशत ब्याज असुल्दै आएको छ ।
समयमा सेवा पनि नदिने चर्को ब्याज पनि लिने र विना जानकारी लाईन काटेर सेवाग्रहीलाई मर्कामा पार्ने विद्युत प्राधीकरणको रबैया प्रति आम सर्बसाधरणको गुनासो बढेको छ । विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरेर अत्याधिक गर्मीको समयमा नागरिकलाई दुख दिने कार्य निन्दनीय छ ।
नेपाल विद्युत् प्राधिकरणले ब्यापारीहरुबाट मोटो रकम कुम्ल्यान अघोषित लोडसेडिङ गरेर जनतालाई दुख दिने कार्य सहीय नभएको सेवाग्राहीको गुनासो छ । लोडसेडिङको अन्त्य भएको अबश्थामा अघोषित लोडसेडिङ गर्ने कार्यले ब्यापारीलाई फाईदा पुग्ने गरेको छ ।
यस्तो प्रचण्ड गर्मीमा बाध्य भएर ईनभर्टर र ब्याट्री किन्नु पर्ने बाध्यकारी अबश्था सृजना गर्न विद्युत प्राधीकरणको नौटङकी भएको गुनासो बढ्न थालेको छ ।
गर्मीमा झ्याप्प झ्याप बत्ती कटौती गरेर नागरिकलाई इन्भर्टर किन्न बाध्य गर्ने कार्य हुदै आएको छ । जसले गर्दा एकातीर नागरिकले खर्चको भार थेग्न परेको छ भने अर्को तीर कार्यालयका कम्पयुटर विग्रने कार्य बढ्दै गएर समस्या सृजना भएको छ । विद्युत् प्राधिकरणले व्यापारिलाई फाइदा पुग्ने गरी कमीशनको आसमा गरिने यस्तो कार्यले सर्बसाधरणलाई मारमा पारेको छ ।
पटक पटक बिजुली जाने र आउने भए पछि वैकल्पिक उपकरणको बिक्री बढ्ने गरेको अबश्थामा विद्युत प्रााधीकरणको यस्तो कार्यमा निगरानी बढाउन जरुरी छ । लोडसेडिङ नै हो भने पनि समय तालीका सार्बजनीक गरेर जानकारी गराउनु पर्छ ।
विद्युत प्राधिकरणले यस्तो केही नगरी गर्मी सुरु भएसंगै पटक पटक विद्युत जाने र आउने कार्यले सेवाग्राही हैरान भएका छन । ईलेक्ट्रोनिक सामानहरु विग्रीन थालेका छन । कुनै दिन क्षेतीपूर्तीका लागी विद्युत प्राधिकरणका नाम्मा मुद्धा दायर गर्नु पर्ने अबश्था आउन सक्ने भएको छ ।
त्यसैले गर्मीको समयमा विद्युतको समस्या सृजना नगरौ । अघोषित लोडसेडिङको अन्त्य गरौ । लोड सेडिङ भए पनि तालीका सार्बजनीक गरौ । जनतालाई दुख दिने काम बन्द गरौ ।

