सत्ता सबै भन्दा ठुलो शक्ती हो । त्यो शक्ती भन्दा पनि ठुलो शक्ति जन शक्ति हो । सत्ताको शक्ति निर्माण जनाताले गर्ने गरेका छन भने जनताको शक्ति सत्तामा उन्मुक्त शासक प्रशासकहरुको कालो कर्तुतले निर्माण गर्ने गरेको छ ।
सबै भन्दा ठुलो शक्ती भनेकै जनताको शक्ति हो । जनता जनार्दन भन्ने उक्ति हामी सबैले सुनेकै छौ र सत्ता पल्टाएका ईतिहास पनि पढेकै छौ । त्यसैले शासकहरुले सत्ताको शक्तिको आडमा जनतालाई दुख दिने कार्य बन्द गर्न जरुरी छ ।
सत्ता क्षणीक भएकाले जन विरोधी काम नगरी जनताका पक्षमा काम गर्न जरुरी छ । अहिले केही जनप्रतिनिधीहरुले आफुलाई स्थानीय सत्ताको राजाको रुपमा चित्रण गर्ने गरेका छन । अन्य जनप्रतिनिधिहरुको कुरै नसुनी मैमत्त साढे जस्तै भएर सिंगौरी खेल्ने काम गरी रहेका छन । जसका कारण त्यस्ता राजाहरु आफै सकिने निश्चित छ ।
अहिले धनगढी उपमहानगरपालीकाका नगर प्रमुख गोपी हमालले त्यही बाटो पछ्याउदै छन । कुनै राजनैतिक पृष्ठ भूमी नभएका हमालले ब्यापारी शैलीमा काम गरी रहेका छन । नगर प्रमुखमा जीते लगतै अतिक्रमण हटाउने भनेर खोलामा डोजर हालेका हमालले एउटा दिवाल समेत नभत्काएर आफ्नो कमाल देखाए । त्यसपछि उनको नाटक पुष्पलाल चौकमा मञ्चन भयो । सरकारी नालामाथी बनेका दुई घर भत्काएर उनको नाटक सकियो ।
जहा अहिले पनि बहुसंख्यक घर नालमाथी बनेका छन । त्यसलाई हटाउन नचाहेका र अतिक्रमण नदेखेका हमालले ताल अतिक्रमणको बहानामा जाखोरताल नजिकै रहेका गरिव विपन्नका घरमा डोजर लगाए । त्यसपछि पुरानो एरपोर्टमा रहेका सुकुम्बासीहरुको झुपडीमा नभई उनिहरुको ढाडमा डोजर लगाए । यो पनि एक प्रकारको नाटक मञ्चन हो ।
अतिक्रमण हटाउनु हुन्न भन्ने हाम्रो पनि मान्यता होईन । तर अतिक्रमणको नाटक मञ्चन गर्नु हुदैन भन्ने हो । बास्तविक सुकुम्बासीहरुको पहिचान गरी विकल्प सहित हटाउनु पर्छ भन्ने हो । बजारको खाली जग्गा हो आखा लागे पछि कस्को के लाग्छ । बर्खाको समय त्यसमाथी घाम पानी छ ।
स साना बानीबावु र बुढाबुढी कहा जाने ? उनीहरु नेपाली नागरिक होईनन ? राज्यले बासको ब्याबश्था गरेको अबश्थामा उनीहरुको उठीबास किन ? यी सबै जनताका प्रश्नहरुको उत्तर नगरप्रमुख हमालले दिन सकेनन । गरिव विपन्न समुदाय माथीको दमन बन्द गर्न जरुरी छ ।
साच्किै अतिक्रमण हटाउने नाटक मञ्चन गरेको हो भने दुई वटा घर भत्काएर पक्षपात गरिएकोे पुष्पलाल चौक क्षेत्रका नालामाथी बनेका घरहरु भत्काएर बहादुरी देखाउन जरुरी छ । होईन भने अतिक्रमणको विभेदकारी नाटक मञ्चन बन्द गर्न जरुरी छ ।
पीडित जनताको सराप लाग्न सक्छ भन्ने कुरा मनन गर्न जरुरी छ । जनताको अधिकारको ग्यारेन्टी गरी निष्पक्ष रुपमा काम गर्न जरुरी छ । जनता प्रति जिम्मवार भएर काम गर्न जरुरी छ ।

