"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रञ्जिताले कैलाशलाई मन्त्रीको लागि सिफारिस गरेपछि नाउपामा तीब्र मतभेद

No data was found

Khabar Raftar

बैशाख ३१ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीका लागि कैलाश चौधरीको नाम सिफारिस भए पछि नागरिक उन्मुक्ति पार्टी भित्र मतभेद देखिएको छ । मंगलबार बसेको नाउपा संसदीय दलको बैठकले मन्त्रीको लागि केन्द्रीय समितिसँग रायसहितको सिफारिस माग गर्ने निर्णय गरी पत्रचार गरेको थियो ।

सोही पत्रको आधारमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीको नाम सिफारिस गरी संसदीय दललाई पठाएकी थिइन् । पार्टी अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउनको लागि पठाएको निर्देशनात्मक सिफारिस पत्रले मतभेद गरेको हो । नाउपाभित्र कैलाश चौधरी पार्टी अध्यक्ष श्रेष्ठ निकट मानिन्छन् । उनी सुदूरपश्चिम संसदीय दल भित्र अल्पमतमा छन् ।

७ जना प्रदेश सभा सदस्य मध्ये पार्टी संरक्षक रेशमलाल चौधरी निकट संसदीय दलका नेता घनश्याम चौधरी सहित ५ जना रहेका छन । बाँकी २ जना श्रेष्ठ निकट देखिएका छन । रेशम पक्षधर सांसदहरु नयाँ तथा जिम्मेवारी नपाएका सांसदलाई मन्त्रीको लागि पठाउनुपर्ने अडानमा रहेका छन् । कैलाश चौधरी यसअघि दुई पटक मन्त्री बनिसकेका छन् ।

समाचार तयार गर्दासम्म नाउपा संसदीय दलले ठोस निर्णय गर्न नसकेको पाइएको छ । दलका नेता घनश्याम चौधरीले बहुमत सदस्यको निर्णय अनुसार मन्त्रीको लागि मुख्यमन्त्री कार्यालयलाई पत्रचार गर्ने बताए । मुख्यमन्त्री कमल बहादुर शाहले नाउपा संसदीय दलको पत्र आफू कहाँ नआएको बताउका छन ।

मुख्यमन्त्री शाहको सचिवालयले नाउपा संसदीय दलको औपचारिक रुपमा पत्र प्राप्त भइसकेपछि शपथ ग्रहणको तयारी थालिने जनाएको छ । यसअघि मुख्यमन्त्री शाहको सचिवालयले पत्र प्राप्त भएको र आजै मन्त्रीको शपथ हुने बताएको थियो । सुदूरपश्चिम सरकारमा नाउपाको भागमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी हो ।

विवादित अडियो प्रकरणमा नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले चैत्र १६ गते राजीनामा दिएका थिए । उनको राजीनामा दिएको डेढ महिना सम्म पनि नाउपाले अर्को मन्त्री पठाउन सकेको थिएन । मन्त्री नहुँदा उक्त मन्त्रालयको कामकाज प्रभावित भएको थियो ।

 

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न