"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा १७ लाख थान किताब पुग्यो, तीन लाख ६९ हजार वितरण

No data was found

Khabar Raftar

चैत्र २३ धनगढी । जनक शिक्षा सामाग्री केन्द्रले सुदूरपश्चिम प्रदेशका लागि पठाएको १७ लाख १६ हजार थान किताब धनगढी आई पुगेको छ । शैक्षिक सत्र २०८२ का लागि आवश्यक १७ लाख १६ हजार थान किताब धनगढी आई पुगेको हो ।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि १८ लाख १७ हजार थान किताब आवश्यक पर्ने अनुमान गरिएको छ । शनिवारसम्म १७ लाख १६ हजार थान किताब धनगढी पुगेको हो । जनक शिक्षा सामाग्री केन्द्रले शनिवार मात्र थप २ वटा गाडी छापाखानाबाट धनगढीका लागि पठाएको छ ।

काठमाडौँबाट हिँडेको गाडी धनगढी पुगेपछि माग अनुसारको किताब ढुवानीको काम पूरा हुने जनक शिक्षा सामाग्री केन्द्र, प्रादेशिक कार्यालय, धनगढीले जनाएको छ । जनक शिक्षा सामाग्री केन्द्र, धनगढीले किताब बिक्री–वितरणको काम समेत गर्दै छ ।

छापाखानाबाट धनगढी आएका किताबहरूलाई चैत १७ गतेबाट पहाडी जिल्लामा पठाउन थालिएको छ । जनक शिक्षा सामाग्री केन्द्र, धनगढीका प्रमुख रामविनय श्रेष्ठले बाजुरा जिल्लाबाट किताब वितरणको काम सुरु गरेको बताएका छन् । उनले बाजुरा, दार्चुला, बझाङ र बैतडी जिल्लामा किताब पठाइएको बताए ।

जनक शिक्षा सामाग्री केन्द्र, धनगढीले बाजुराका लागि एक लाख नौ हजार २ सय ९६ थान, दार्चुलाका लागि ९५ हजार चार सय ६ थान, बझाङका लागि ७२ हजार पाँच सय ५० थान र बैतडीका लागि एक लाख एक हजार सात सय ७३ थान किताब पठाएको जानकारी गराएको छ । जनक शिक्षा सामाग्री केन्द्र, धनगढीले शुक्रवार सम्म तीन लाख ७९ हजार २५ थान किताब पहाडी छ ।

डोटी र अछामका लागि शनिवार किताब पठाइएको छ । सुदूरपश्चिम प्रदेशमा सूचीकृत भएका एक सय ९४ वटा व्यापारीहरू मार्फत जनक शिक्षाले किताब बिक्री–वितरण थालेको छ ।

सुदूरपश्चिम प्रदेशमा नयाँ शैक्षिक सत्र २०८२ का लागि चैत २९ गतेसम्म जिल्लाहरूमा किताब पु¥याउने लक्ष्य जनक शिक्षा सामाग्रीको रहेको छ । तर, स्थानीय तहहरु तथा विद्यालयहरूले किताबको माग नगरेकाले व्यापारीहरूलाई भने समस्या भएको छ ।

विद्यालयको माग अनुसार व्यापारीहरुले जनक शिक्षाबाट किताब लिने गरेका छन् । विद्यार्थीको सङ्ख्या नआएकाले व्यापारीहरूले बिताब ढुवानीमा समय लगाउने देखिएको छ ।

नयाँ शैक्षिक सत्रका लागि कक्षा ९ का अर्थशास्त्र, ऐक्षिक गणित र कम्प्युटर विषय मात्र परिवर्तन भएको बताइृएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न