"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपा (एस) सुदूरपश्चिमको अध्यक्षका लागी ४ जना नेताको दौडधुप

No data was found

Khabar Raftar

चैत्र १५ धनगढी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागी ४ जना नेताहरुले दौडधुप गरिरहेका छन । चैत्र १७ र १८ गते धनगढीमा हुन गईरहेको प्रथम प्रदेश अधिवेशनले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयन गर्ने भएकाले अध्यक्षका लागी ४ जना नेताहरुले दौडधुप गरिरहेका हुन ।

प्रदेशको नेतृत्व देखि केन्द्रिय सदस्य तथा पोलिट्ब्यूरो सम्म प्रदेश पार्टी नेतृत्वका लागी डोटीका हर्क बहादुर सिहं, कैलालीका दीर्घ सोडारी, कञ्चनपुरका लाल बहादुर खड्का र कैलालीकै सुरेन्द्र मान कार्कीले दौडधुप गरिरहेका हुन । हालसम्म कसैको पक्षमा नखुलेका हर्क बहादुर सिहंले हालको नेतृत्व पनि सम्हालेका छन् । उनले फेरी एक पटक पार्टी नेतृत्व लिन चाहेका छन ।

त्यस्तै पार्टी प्रदेशको उप सचिव देखी पोलिट्ब्युरो सदस्य समेत भएका पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारी पनि अध्यक्षको दौडधुपमा छन् । त्यसैगरी पार्टी केन्द्रिय सदस्य एवं पूर्व मन्त्री लाल बहादुर खड्का र पार्टी कार्यालय सचिव सुरेन्द्र मान कार्की समेत अध्यक्षका लागी लबिङमा छन् ।

हर्क बहादुर सिहं कुनै गुटमा नखुले पनि दीर्घ बहादुर सोडारी पार्टी महासचिव घनश्याम भुषाल निकट मानिन्छन् । लाल बहादुर खड्का अध्यक्ष माधव नेपालसगैं महासचिव भुषालसगं समेत ठिक्कको सम्बन्ध बनाएका नेता हुन् भने सुरेन्द्र मान कार्की केन्द्रका नेताहरुसगं ठिक्कको सम्बन्ध राखेर सुदुरपश्चिममा सबैले मन पराउने पात्र हुन् । सुदूरपश्चिममा अध्यक्ष माधव कुमार नेपालको गुट चलाउने सचिव शेर बहादुर कुँवर हुन्, भने घनश्याम भुषालको गुट दीर्घ सोडारी लगायतले चलाउने गरेका छन् ।

नेतासगैं युवा सघंका पूर्व अध्यक्ष समेत रहेका पूर्व मन्त्री नरेश शाहीले घनश्याम भुषाल र झलनाथ खनाल निकटका युवाहरुको टिम चलाउने गरेका छन् । शाही युवा माझँ लोकप्रिय नेता हुन् । समाजवादी भित्र नेता प्रत्येक गुट बन्दा नयाँ नेतृत्व चयन प्रक्रिया पनि निकै जटिल बन्ने देखिएको छ ।

चार जना नेताहरुले अध्यक्षमै दावी गर्नुभएको छ एक नेताले भने “ति मध्ये दुई जना पक्कै चुनाव लड्नुहुन्छ होला, हर्क बहादुर सिहंले लाइन क्लियर गर्नुभएको छैन तरपनि उहाँले अघी बढ्दा उनका बिरुद्ध धेरै उभिन्छन् भन्ने लाग्दैन, यता युवा नेता दीर्घ सोडारीले महासचिव भुषाल टिमको नेतृत्व गरिरहनु भएको छ, उहाँको सम्भावना पनि उत्तिकै छ, तर सेतीमा मात्रै केन्द्रिय पदाधिकारी र सदस्य सख्यां बढी हुँदा यस पटकको नेतृत्व महाकाली दिनेकी भन्ने चर्चा पनि छ, यो हुँदा लाल बहादुर खड्काको सम्भावना पनि छ, सबैको साझा उमेद्वार युवालाई बनाउन खोजे सुरेन्द्रमान कार्कीपनि बलियो उमेदवार    हुन् ।”

अध्यक्षमा चार जनाले दावी गरिरहदा सचिवमा भुवन पाठक, धन बहादुर बोहरा लगायतले दावी गरेका छन् । प्रथम अधिवेशनबाट एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव तथा ३ उप–सचिव सतिहका पदाधिकारी चुनिने छन ।

अधिवेशनमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यता रहने छ । अधिवेशनमा ९ वटै जिल्ला, प्रदेश जनसंगठन र आयोजक समिति गरी ५ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने बताईएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न