"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

No data was found

Khabar Raftar

चैत्र ११ धनगढी । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–५ मा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव हुन थालेको छ । टीकापुर नगरपालिका मातहत रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव हुन थालेको हो । सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुरले सञ्चालनको जिम्मा लिएको गौशालाका चौपायालाई खुवाउने आहाराको अभाव हुन थालेको समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले बताए ।

जानकी गाउँपालिका र टीकापुर नगरपालिका भित्रका सामुदायिक पशु चौपाया गौशालामा रहेको बताउदै उनले गौशालामा एक हजारभन्दा बढी चौपायालाई व्यवस्थापन गरिएको बताए । विगतमा जानकी गाउँपालिका र टीकापुर नगरपालिकाले छुट्टाछुट्टै गौशाला सञ्चालन गर्दै आएको बताउदै उनले दुई वटा पालिकाको संयुक्त चौपाया व्यवस्थापन गर्दा चौपायाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए ।

समितिसँग पर्याप्त स्रोत नहुँदा आहारा पु¥याउन समस्या हुँदै आएको बताउदै उनले दाताहरूले गरेको सहयोग र गौशालाको केही आम्दानीले जसोतसो चौपायालाई खुवाउन पुगेको बताए । गौशालालाई विभिन्न व्यक्तिहरुले विशेष अवसरमा सहयोग गर्दै आएको उनले बताए । त्यसैगरी गौशालाले प्रशोधित गौमूत्र, मलखाद, गाइको गोबरबाट बनाइएका पूजाका सामग्रीहरु समितिले आम्दानीको स्रोतमा राखेको छ ।

त्यहाँबाट थोरै भए पनि गौशालालाई आम्दानी हुने गरेको उनले बताए । संरचनागत रुपमा व्यवस्थित बन्दै गए पनि चौपायाको आहाराको व्यवस्थापनमा चुनौती थपिँदै गएको उनले बताए । पर्याप्त मात्रामा परालको व्यवस्थापन हुन नसक्दा आहारा खोज्दै हिँड्नुपरेको बुढाक्षेत्रीले बताए । पराल धेरै भएको बताउदै उनले एक वर्षलाई पुग्छ भनेको पराल छ महिनामै सकिएको बताए ।

पराल कतै नपाइने बताउदै उनले पाइएको ठाउँमा पनि महँगो भएको र खरिद गर्नका लागि समितिसँग पैसा पनि नर्भएको बताए । चौपायाको आहारा बोक्नका लागि टीकापुरका उद्योगी टीकाराम जैसीले गौशालालाई एउटा ट्याक्टर सहयोग गरेको उनले जानकारी गराए । गौशालाबाट हाल दैनिक २० लिटरसम्म दूध बजार पु¥याउन थालिएको बताउदै उनले दूध दिने गाईलाई छुट्टै राखेर दूध दुहुन थालेको बताए ।

समितिका अध्यक्ष बुढाक्षेत्रीले अन्य व्याउने गाईलाई छुट्टै राखेर हेरचाह भइरहेको बताउदै अबको केही महिनामा ४० लिटरसम्म दूध बजार लैजाने योजना भएको बताए । ब्याएका गाईका लागि सीमित जग्गामा घाँसखेती गरिएको बताउदै उनले जग्गा अभावले त्यो पनि अपुग भएकोब ताए । टीकापुर नगरपालिकाले गौशाला व्यवस्थापनका लागि वार्षिक २० लाख रकम र जानकी गाउँपालिकाले पाँच लाख सहयोग गर्दै आएको उनले जानकारी गराए ।

त्यही सहयोग रकमबाट गौशालाका कामदारलाई व्यवस्थापन गर्न सकिएको बुढाक्षेत्रीले जानकारी गराए । गौशालामा १० जना कामदार रहेको जानकारी गराउदै उनले नगरपालिकाले उक्त क्षेत्रमा करोडौँ खर्च गरेको बताए । चौपायाको गोबरबाट बायोग्याँस उत्पादन गर्न ग्यास प्लान्ट निर्माण गरेको बताउदै उनले जैविक मल उत्पादनका लागि दुई वटा छुट्टै भवन बनाएको बताए ।

दूध सङ्कलन केन्द्रको भवन निर्माण भएको जानकारी गराउदै उनले दूध बजार पु¥याउन एक इलेक्ट्रोनिक रिक्सा गौशालामा रहेको बताए । त्यसैगरी फ्रिजको व्यवस्था गरिएको बताउदै उनले सिसीटिभी क्यामरा जडान गरिएको जानकारी गराए ।

गौशाला व्यवस्थित भएपछि किसानलाई राहत मिलेको बताउदै उनले हिउँदको समयमा लगाएको अन्नबाली जोगाउन मुस्किल हुने किसानले यस वर्ष सामुदायिक छाडा चौपायाको सास्ती खेप्नु नपरेको बताए ।

जानकी गाउँपालिका सुवर्णपुरका किसान सञ्जीव चौधरीले विगतमा खेतमा त्रिपाल हालेर रातभर चौपायाको चौकिदारी गर्नुपरेको बताउदै यस वर्ष चौपाया नदेखिएको बताउदै चौपायाले खेती नष्ट गर्छन् कि भन्ने चिन्ता पनि नभएको बताए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न