फागुन २९ धनगढी । सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विभिन्न निर्णयहरू गरेको छ ।
बैठक मुख्यमन्त्री कमल बहादुर शाहको सरकारी निवासमा बसेको थियो । बैठकमा प्रदेश सरकारको कामलाई अझ सशक्त बनाउन, राजनीतिक नियुक्तिहरू छिटो परिपूर्ति गर्ने, जनताको प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयारी गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतले यसबारे जानकारी गराएका हुन ।
बैठकमा प्रदेश सभापति वीरबहादुर बलायर, मुख्यमन्त्री शाह, एमाले नेता राजेन्द्रसिंह रावल, एमाले इन्चार्ज लेखराज भट्ट, र अन्य नेताहरूले बजेट र राजनीतिक नियुक्तिबारे आवश्यक निर्णयहरू गरेका छन् ।
Post Views: 160


