फागुन २६ धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र नफर्किने बताएका छन । काँग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्धाटन गर्न धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । केही मान्छेहरु सडकमा कुर्लर्दैमा राजतन्त्र नफर्किने बताउदै उनले राजतन्त्रको माहोल पनि नभएको बताए ।
वर्तमान गठबन्धन ०८४ सालको निर्वाचन सम्म यथावत रहने बताउदै उनले नेपाली काँग्रेसको महाधिवेशन समयमै हुने बताए । काँग्रेसको महाधिवेशन समयमै हुन्छ भन्ने पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै देउवाले टाउको हल्लाउँदै समयमै हुने बताएका थिए । काँग्रेस सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तर्घातले समस्या सृजना गरिरहेको बताए ।
पार्टी भित्र अन्तर्घात गर्ने रोग लागेको बताउदै उनले त्यसलाई सदाका लागि निर्मूल गर्नु पर्ने बताए । पार्टीलाई बलीयो बनाउन पार्टी भित्र लड्ेपनि भोट हाल्ने समयमा एकजुट भएर पार्टीलाई जिताउने गरि लागे मात्रै पार्टी अगाडी बढने देउवाले बताए । सभापति देउवाले सुदूरपश्चिमबाट यसको सुरुवात गर्न सबैलाई आग्रह गरेका छन ।
देउवाले एमालेसँग सहकार्य गर्नुपरेको कारणबारेप्रस्ट पार्दै कुनै पनि पार्टीको प्रत्यक्ष बहुमत नहुँदा कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने भएकाले गठबन्ध गरिएको बताए । कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि बहुमत नभएको बताउदै उनले भोली पनि हुने सम्भावना नभएकोब ताए ।
एक भएर लागे पार्टीले एक्लै बहुमत प्राप्त गर्न सक्ने उनले बताए । कांग्रेसलाई सबैभन्दा ठुलो पार्टी बनाउन सबै नेता कार्यकर्ताहरुले मतभेद र असहमति अन्त्य गर्दै अगाडी बढ्नु पर्ने सभापती देउवाले बताए । एमालेसँग भएको सहकार्यबारे बताउदै देउवाले अव आफू प्रधानमन्त्री बन्ने पालो आउने बताए ।
कांग्रेस र एमालेको सहकार्य भए पनि दुबै दलले एक अर्कालाई प्रतिस्पर्धीर्का रुपमा हेरिरहेको उनले बताए । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष पछि छोड्ने बताउदै उनले त्यसपछि आफुलाई प्रधानमन्त्री बनाउने सहमति भएको बताए । मुख्य प्रतिस्पर्धी पार्टी एमाले भएको बताउदै देउवाले एमालेको पनि मुख्य प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेस भएको बताए ।
विगतमा पनि सबैको सहयोगले प्रधानमन्त्री भएको बताउदैै देउवाले फेरी प्रधानमन्त्री बन्न पनि सबैको साथ आवश्यक रहेको बताए । काँग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवासहितका नेताहरु धनगढी आई पुगेका छन ।
सभापति देउवासंगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, बालकृष्ण खाण, दीलेन्द्र बडू लगायतका नेताहरु धनगढी आई पुगेका हुन् । उनीहरुको स्वागतका लागि नेता तथा कार्यकर्ता धनगढी विमानस्थलमा पुगेका थिए ।
त्यसैगरी गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेस बिच भएको ७ बुँदे सहमतिमा तलमाथि भए त्यसको सबैभन्दा ठुलो दोष कांग्रेसले लिनुपर्ने बताएका छन् ।
सोमबार कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेपाली कांग्रेस सबैभन्दा ठुलो र महत्वपूर्ण पार्टी भएकाले कांग्रेसले गरेका प्रतिबद्धता र अरू दलसँग गरेका सहमतिहरू पालना गर्न नसकेर भत्किने अवस्था बनेमा त्यसको सबैभन्दा ठुलो दोष कांग्रेसले लिनु पर्ने बताए ।
उनले एमालेसँग भएको सहमति इमानदारीताका साथ पुरा गर्नु पर्ने बताए । ‘७ बुँदेको जगमा नयाँ सरकार बनेको बताउदै उनले संविधान रक्षाका निमित्त, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका निमित्त र मुलुकमा आर्थिक समृद्धिको यात्रालाई अगाडि लिएर जानका लागि गठबन्धको समीकरणलाई नेपाली कांग्रेसले इमानदारीता सहित ठिक ढङ्गले ७ बुँदे सहमतिलाई निष्कर्षमा पु¥याउने अठोट र प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्ने बताए ।


